इंग्ल्याण्डलाई पराजित गर्दै अस्ट्रेलियालाई महिला टि-२० बिश्वकप उपाधि

  • विकेटनेपाल, मङ्सिर-९ , आइतबार 

फाइनलमा इंग्ल्याण्डलाई पराजित गर्दै अस्ट्रेलियाले चौथो पटक महिला टि-२० बिश्वकपको उपाधि जितेको छ।

टि-२० बिश्वकपको पहिलो सन् २००९ को संस्करण न्युजिल्याण्डलाई पराजित गर्दै जितेको इंग्ल्याण्डले त्यसपछि बिश्व कप जित्ने सपना पुनः पुरा हुन सकेन र तगारो पुनः अस्ट्रेलियानै बन्न पुग्यो। सन् २०१२ र २०१४ को संस्करणको फाइनलमा इंग्ल्याण्ड अस्ट्रेलियासंग पराजित भएको थियो

वेस्ट इन्डिजको सर भिभियन रिचर्ड्स स्टेडियममा सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिंग गरेको इंग्ल्याण्डले १०५ रन मात्रै बनाउन सकेको थियो। १०६ रनको लक्ष्य सहजै पछ्याउने क्रममा अस्ट्रेलियाले १५.१ ओभरमा मात्र २ विकेट गुमायो।

लक्ष्य पछ्याउने क्रममा ४४ रनमा २ विकेट गुमाए पनि त्यसपछि एश्ले गार्डनर र मेग लानिंगले ६२ रनको साझेदारी गर्दै इंग्ल्याण्डलाई निराश बनाएका थिए। गार्डनरले २६ बलमा ३ छक्का र १ चौका मदतले ३३ रन तथा लानिंगले ३० बलमा ३ चौका मदतले २८ रनको इनिंग खेलिन्।

यस अघि इंग्ल्याण्डलाई थोरै योगफलमा समेट्न एश्ले गार्डनरले ३ विकेट ( ४-०-२२-३ ) तथा जर्जिया वारहम र मेगान शुटले २/२ विकेट हात पारिन्। इंग्ल्याण्डको लागि ओपनिङ्ग ब्याटिंग गरेकी ड्यानियल व्याटले ४३ र कप्तान हिदर नाइटले २५ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन्।

अल-राउण्ड योगदान दिंदै एश्ले गार्डनर प्लेयर अफ द म्याच चुनिईन् भने प्रतियोगिताको ५ खेलमा २२५ रन बनाउदै अस्ट्रेलियाकै एलिस्सा हिले प्लेयर अफ द सिरिज घोषित भइन्।

England 105 all out in 19.4 overs (Danielle Wyatt 43, Heather Knight 25; Ashleigh Gardner 3-22, Gerogia Wareham 2-11) lost to Australia 106/2 in 15.1 overs (Ashleigh Gardner 33*, Meg Lanning 28*; Sophie Ecclestone 1-12) by eight wickets.

फोटोहरुमा हेर्नुस कस्तो रह्यो फाइनल :- 

( फोटोहरु – आईसीसी )





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]