प्रतिस्पर्धात्मक खेलमा अस्ट्रेलियाद्वारा न्युजिल्यान्ड ३ विकेटले पराजित

२०७८ कार्तिक २, मंगलवार १२:४६

युएई र ओमानमा संयुक्त रुपमा जारि टि-ट्वान्टी विश्वकप अन्तर्गत गय राति सम्पन्न वार्म-अप खेलमा अस्ट्रेलियाले रोमान्चक प्रतिस्पर्धामा न्युजिल्यान्डलाई ३ विकेटले पराजित गरेको छ।

युएईको अबुधाबी स्थित टोलरेन्स ओभल मैदानमा सम्पन्न खेलमा न्युजिल्यान्डले दिएको १५९ रनको लक्ष्य अस्ट्रेलियाले १ बल बाँकी रहंदा भेटायो।

जितको लागि अस्ट्रेलियालाई अन्तिम ओभरमा १३ रन आवस्यक थियो। त्यो अवस्थामा कायल जेमिसनले गरेको ओभरको पहिलो बलमा मिचेल स्टार्कले चौका प्रहार गरे। लगत्तै बलमा १ रन लिएपछि तेश्र बलमा क्रिजमा जमीसकेका एस्टन एगरलाई जेमिसनले कट एण्ड बोल्ड गरे। ३ बलमा जित्न ८ रन आवस्यक हुँदा क्रिजमा आएका नयाँ ब्याट्सम्यान जोश इंगलिसले लगातार २ चौका प्रहार गर्दै दबाबमा खेल जिताए।

अस्ट्रेलियाको ब्याटिंगमा स्टिभ स्मिथले सर्वाधिक ३५ रन बनाए भने मार्कस स्टोइनिसले २८, आरोन फिंच र मिचेल मार्शले समान २४ रन, एस्ट एगरले २३ रन, मिचेल स्टार्कले अविजित १३ तथा जोश इंगलिसले अविजित ८ रन बनाए। खराब लयमा रहेका डेभिड वार्नर खाता नखोली इनिंग्सको पहिलो बलमै आउट भए।

न्युजिल्यान्डको बलिंगमा देब्रे हाते स्पिनर मिचेल स्यान्टनरले सर्वाधिक ३ विकेट ( ४-०-२२-३ ) तथा ट्रेन्ट बोल्टले २ विकेट ( ३-०-१३-२ ) लिए। टिम साउदी र कायल जेमिसनले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १५८ रन बनाएको थियो। उसको लागि कप्तान केन विलियमसनले सर्वाधिक ३७ रन, डेरील मिचेलले ३३ रन, जेम्स निशमले ३१ रन, मार्टिन गप्टिलले ३० रन बनाए। अस्ट्रेलियाको बलिंगमा दायाँ हाते पेसर केन रिचर्डसनले सर्वाधिक ३ विकेट ( ४-०-२४-३ ) लिए। एडम जाम्पाले २ ( ४-०-१७-२ ) तथा मिचेल स्टार्क र एस्टन एगरले समान १ विकेट लिए।

विश्वकपको सुपर-१२ चरणमा अस्ट्रेलिया समुह १ मा छ जुन समुहमा वेस्टइन्डिज, इंग्ल्यान्ड र दक्षिण अफ्रीका तथा समुह चरणबाट आउने थप दुई टिम हुनेछन्। न्युजिल्यान्ड रहेको समुह २ मा भारत, पाकिस्तान, अफगानिस्तान तथा समुह चरणबाट आउने थप दुई टिम हुनेछन्। अस्ट्रेलियाले पहिलो खेल अक्टोबर २३ तारिखमा दक्षिण अफ्रीका बिरुद्ध अबुधाबीमा तथा न्युजिल्यान्डले पहिलो खेल पाकिस्तान बिरुद्ध अक्टोबर २६ तारिखमा खेल्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy