फ्रेजरलाई बाहिर राख्दै अस्ट्रेलियाको टोली घोषणा

काठमाडौं । जारी इन्डियन प्रिमियर लिग(आइपीएल) मा अविश्वनिय प्रदर्शनका कारण चर्चामा रहेका ज्याक फ्रेजरलाई बाहिर राखेर आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि अस्ट्रेलियाको टोली घोषणा भएको छ ।

बुधबार मिचेल मार्शको कप्तानीमा १५ सदस्यीय अष्ट्रेलियाको टोली घोषणा भएको हो । सन् २०२१ मा टी–२० विश्वकप विजेता टोलीमा रहेका अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथले यस टोलीमा रहेका छैनन् ।

विश्वकपमा अस्ट्रेलिया समूह बी मा रहेको छ । समूह बी मा अस्ट्रेलियाका अलावा इंग्ल्यान्ड, नामिबिया, स्कटल्यान्ड र ओमान छन् । ६ जुनमा ओमानसँग खेल्दै अस्ट्रेलियाले विश्वकपको सुरुआत गर्नेछ ।

अस्ट्रेलियाको टिम

डेविड वार्नर, ट्रेविस हेड, मिचेल मार्श (कप्तान), ग्लेन म्याक्सवेल, टिम डेविड, मार्कस स्टोइनिस, म्याथ्यू वेड, मिशेल स्टार्क, पेट कमिंस, एडम जाम्पा, जोश हेजलवुड, जोश इंग्लिस, एश्टन एगर, क्यामरून ग्रीन, नाथन एलिस।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy