फ्रेजरलाई बाहिर राख्दै अस्ट्रेलियाको टोली घोषणा

काठमाडौं । जारी इन्डियन प्रिमियर लिग(आइपीएल) मा अविश्वनिय प्रदर्शनका कारण चर्चामा रहेका ज्याक फ्रेजरलाई बाहिर राखेर आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि अस्ट्रेलियाको टोली घोषणा भएको छ ।

बुधबार मिचेल मार्शको कप्तानीमा १५ सदस्यीय अष्ट्रेलियाको टोली घोषणा भएको हो । सन् २०२१ मा टी–२० विश्वकप विजेता टोलीमा रहेका अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथले यस टोलीमा रहेका छैनन् ।

विश्वकपमा अस्ट्रेलिया समूह बी मा रहेको छ । समूह बी मा अस्ट्रेलियाका अलावा इंग्ल्यान्ड, नामिबिया, स्कटल्यान्ड र ओमान छन् । ६ जुनमा ओमानसँग खेल्दै अस्ट्रेलियाले विश्वकपको सुरुआत गर्नेछ ।

अस्ट्रेलियाको टिम

डेविड वार्नर, ट्रेविस हेड, मिचेल मार्श (कप्तान), ग्लेन म्याक्सवेल, टिम डेविड, मार्कस स्टोइनिस, म्याथ्यू वेड, मिशेल स्टार्क, पेट कमिंस, एडम जाम्पा, जोश हेजलवुड, जोश इंग्लिस, एश्टन एगर, क्यामरून ग्रीन, नाथन एलिस।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]