टि-२० र वानडे सिरिज खेल्न अस्ट्रेलियन टिम इंग्ल्यान्ड प्रस्थान, यस्तो छ खेल तालिका

एकदिवसीय र टि-२० अन्तर्राष्ट्रिय खेल्न अस्ट्रेलियन क्रिकेट टिम आइतबार इंग्ल्यान्ड प्रस्थान गरेको छ। २१ सदस्यीय अस्ट्रेलियन टिम चार्टर्ड बिमानबाट इंग्ल्यान्ड प्रस्थान गरेको हो।

दुइ देश बीच तिन वटा टि-२० र तिन वटै एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज खेलिनेछ। कोभीड-१९ महामारी दौरान देश बाहिर जाने अस्ट्रेलियन क्रिकेट टिम देशको पहिलो खेलकुद टिम हो। अस्ट्रेलियाले यो वर्ष मार्च १३ मा न्युजिल्यान्डसंगको सिरिज पछि अन्तर्राष्ट्रिय क्रिकेट खेलेको छैन।

इंग्ल्यान्ड प्रस्थान गर्ने क्रममा अस्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथले क्रिकेटमा फिर्ता हुन पाउदा खुसि रहेको बताए –

“मलाई इंग्ल्यान्डमा ब्याटिंग गर्न मनपर्छ तर दुर्भाग्यवस दर्शकहरु मलाई अझ प्रेरणा दिने दर्शकहरु त्यहाँ हुने छैनन्। तापनि टिभीमा हेर्नु भन्दा त्यहाँ पुगेर खेल्नु गजब हुनेछ।” गत वर्ष एसेजमा बल टेम्परिंग काण्ड पछिको १ वर्षे प्रतिबन्ध पछि टेस्ट क्रिकेटमा पुनरागमन गर्ने क्रममा स्मिथले ११० को औशतले ७७४ रन बनाएका थिए।

इंग्ल्यान्ड पुगे पछि अस्ट्रेलियन टिम २१ दिन क्वारेन्टाइनमा बस्नेछ। त्यस दौरान टिमलाई होटल बाहिर जाने अनुमति हुने छैन।

सिरिज अन्तर्गत टि-२० सिरिजको तिन वटै खेल साउथह्याम्पटको एजेज बल मैदानमा खेलिनेछ। एकदिवसीय सिरिजको आयोजना म्यानचेस्टरको ओल्ड ट्रयाफोर्डमा खेलिनेछ। दुवै मैदानको नजिकै होटल रहेकोले कोरोना महामारीलाई मध्यनजर राखेर उक्त मैदान रोजिएको हो।

इंग्ल्यान्ड बोर्डले अस्ट्रेलियासंगको सिरिज पछि इंग्ल्यान्डको यो वर्षको समर सिजन समाप्त हुनेछ। त्यसपछि खेलाडीहरु इन्डियन प्रिमियर लिग ( आईपीएल ) खेल्नको लागि खुला हुनेछन्।

इंग्ल्यान्ड-अस्ट्रेलिया टि-२० र एकदिवसीय सिरिजको खेल तालिका 

पहिलो टि-२० : ४ सेप्टेम्बर ( साउथह्याम्पटन )

दोश्रो टि-२० : ६ सेप्टेम्बर ( साउथह्याम्पटन )

तेश्रो टि-२० : ८ सेप्टेम्बर ( साउथह्याम्पटन )

पहिलो वानडे : ११ सेप्टेम्बर ( म्यानचेस्टर )

दोश्रो वानडे : १३ सेप्टेम्बर ( म्यानचेस्टर )

तेश्रो वानडे : १६ सेप्टेम्बर ( म्यानचेस्टर )

२१ सदस्यीय अस्ट्रेलियन टिम 

आरोन फिन्च ( कप्तान ) , सिन एबोट, एस्टन एगर, एलेक्स केरे, प्याट कमिन्स ( उपकप्तान ) , जोश हेजलवुड, मार्कस ल्याबुसेन, नाथन लायन, मिचेल मार्श, ग्लेन म्याक्सवेल, राइले मेरडीथ, जोश फिलिपे, ड्यानियल स्याम्स, केन रिचर्डसन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, एन्ड्रु टाई, म्याथु वेड, डेभिड वार्नर, एडम जम्पा

यो पनि पढ्नुस :-

‘२०२३ विश्वकपसम्म खेल्छु’ फिन्च

आईसीसी हल अफ फेम २०२० मा ज्याक कालिस, लिसा स्थालेकर र जाहिर अब्बास

क्रिकेटरहरुको २०१९ को तलब १० हजार बढ्ने, पढ्नुस कुन श्रेणीको खेलाडीको कति छ तलब

सन्दिपले मुजिबलाई दिए उत्कृस्ट बलिंगको श्रेय, कारण यस्तो

पाकिस्तानसंग खेल चल्दै गर्दा ब्रोडले किन प्रयोग गरे इन्हेलर, कारण जान्नुस

आईपीएल २०२० : कुन टिममा को-को खेलाडी छन्

IPL : वोक्सको स्थानमा दिल्लीले दक्षिण अफ्रिकी पेसर नोर्कियालाई भित्र्यायो

आईपिएल : यो सिजन डेब्यु गर्न सक्ने ५ विदेशी खेलाडी





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]