वेस्टइन्डिज भ्रमणको लागि क्रिकेट अस्ट्रेलियाले २३ सदस्यीय टिमको सोमबार घोषणा गरेको छ। भ्रमणमा अस्ट्रेलियाले वेस्टइन्डिज बिरुद्ध पाँचवटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय र तिन वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने तालिका रहेको छ।
घोषित टिममा आईपीएलमा सहभागिता जनाएर माल्दिभ्स हुँदै सोमबार अस्ट्रेलिया फर्केका क्रिकेटरहरुलाई समेत समाबेश गरिएको छ। अस्ट्रेलियाले भारतबाट अस्ट्रेलिया जाने फ्लाइट प्रतिबन्ध गरेका कारण खेलाडीहरु आईपीएल खेलेपछि माल्दिभ्स हुँदै अस्ट्रेलिया प्रस्थान गर्नु परेको हो।
इंग्ल्यान्डमा हाल ग्लामोर्गनबाट काउन्टी च्याम्पियनसिप खेलीरहेका मार्नस लाबुशेन भने भ्रमणको हिस्सा हुने छैनन्। कोभीड-१९ का कारण हवाई यात्रामा प्रतिबन्धका कारण उनलाई बाहिर राख्नु परेको हो। यस्तै आईपीएल खेलेका फास्ट बलर ड्यानीयल स्याम्स पनि टिममा छैनन्। लिगको दौरान कोरोना पोजेटिभ भएपछि मानसिक तनाव भोगेका स्याम्स व्यक्तिगत र मानसिक कारणले बाहिर राखीएको बताईएको छ।

यो वर्ष मार्चमा न्युजिल्यान्ड भ्रमणको क्रममा टिममा मौका नदिईएका स्टिभ स्मिथ, डेभिड वार्नर, प्याट कमिन्स, जोश हेजलवुड जस्ता स्टार खेलाडीहरुलाई स्थान दिईएको छ। एलेक्स केरी र मोईसेस हेनरिक्सले पनि मौका पाएका छन्।
टिम घोषणा पछि टिमका प्रमुख छनोटकर्ता ट्रेभर हर्न्सले अक्टोबर-नोभेम्बरमा भारत या युएईमा आयोजना हुन् सक्ने टि-ट्वान्टी विश्वकपलाई मध्यनजर राखिएको बताएका छन्।
“वेस्टइन्डिजको पुरुष टिमले ६ वटा मध्ये २ वटा जसमध्ये पनि २०१६ मा भारतमा आयोजित पछिल्लो टि-ट्वान्टी विश्वकप जितेको थियो, यो सिरिजले हामीलाई अक्टोबर-नोभेम्बरमा आयोजना हुने विश्वकपको लागि राम्रो तयारी गर्ने मौका दिनेछ।”
भारत या युएईमा आयोजना हुन सक्ने विश्वकपमा स्पिनलाई मद्दत गर्न सक्ने पिच हुनाले टिममा एस्टन एगर, एडम जाम्पा, मिचेल स्वेपसन, तन्भिर सांघा जस्ता स्पिनरलाई समाबेश गरिएको छ। लेग स्पिनर सांघाले बिग ब्यास लिगमा राम्रो प्रदर्शन गरेका थिए भने न्युजिल्यान्ड भ्रमणमा समेत टिममा थिए।
घोषित टिम : आरोन फिंच, एस्टन एगर, जेसन बेरेनडर्फ, एलेक्स केरी, प्याट कमिन्स, जोस हेजलवुड, मोइसिस हेनरिक्स, मिचेल मार्श, ग्लेन म्क्सयावेल, राइली मेरेडिथ, जोश फिलीप, झाय रिचर्डसन, केन रिचर्डसन, तनवीन सिंह, ड्यारसी सर्ट, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, एंड्रयू टाई, म्याथु वेड, डेभिड वार्नर, एडम जाम्पा।
अस्ट्रेलियाको वेस्ट इन्डिज भ्रमणको खेलतालिका :
टि-ट्वान्टी सिरिज – जुलाई ९, जुलाई १०, जुलाई १२, जुलाई १४, जुलाई १६
एकदिवसीय सिरिज – जुलाई २०, जुलाई २२, जुलाई २४
यो पनि पढ्नुस
https://wicketnepal.com/archer-bahir-nz-t-ser-injury/
https://wicketnepal.com/sandeep-feri-ipl-khelna-chahanchu-wn21/
https://wicketnepal.com/sunam-brisbane-p-l-chanot-wn21/
