अस्ट्रेलियाले सेप्टेम्बरमा इंग्ल्यान्ड भ्रमण गर्ने पक्का, यस्तो छ खेलतालिका

गत महिना वेस्टइन्डिजले इंग्ल्यान्डमा टेस्ट सिरिज खेलेपछि सुरु भएको कोभिड-१९ महामारी पछिको अन्तर्राष्ट्रिय क्रिकेटले इंग्ल्यान्डमा निरन्तरता पाउने भएको छ। वेस्टइन्डिज पछि आयरल्याण्डले तिन वटा वानडेको सिरिज खेल्यो भने हाल पाकिस्तानले इंग्ल्यान्डको भ्रमण गरिरहेको छ। पाकिस्तानले जारि तिन म्याचको टेस्ट सिरिज पछि तिन वटा टि-२० पनि खेल्नेछ।

यसै बीच अस्ट्रेलियाले पनि इंग्ल्यान्डको भ्रमण गर्ने पक्का भएको छ। इंग्ल्यान्ड क्रिकेट बोर्डले अस्ट्रेलिया आगामी महिना सेप्टेम्बरमा इंग्ल्यान्ड भ्रमणमा आउने अधिकारिक घोषणा गरेको हो। सिरिजको लागि अस्ट्रेलियाले अभ्यास पनि सुरु गरिसकेको छ।

इंग्ल्यान्ड भ्रमणको लागि अस्ट्रेलियाले तयारी सुरु गरिसकेको छ

इंग्ल्यान्ड भ्रमणमा अस्ट्रेलियाले तिन वटा वानडे अन्तर्राष्ट्रिय र तिन वटै टि-२० अन्तर्राष्ट्रियको सिरिज खेल्नेछ। सिरिजको तालिका समेत सार्वजनिक गरिएको छ जसअनुसार टि-२० सिरिजको तिन वटै खेल साउथह्याम्पटको एजेज बल मैदानमा खेलिनेछ। एकदिवसीय सिरिजको आयोजना म्यानचेस्टरको ओल्ड ट्रयाफोर्डमा खेलिनेछ। दुवै मैदानको नजिकै होटल रहेकोले कोरोना महामारीलाई मध्यनजर राखेर उक्त मैदान रोजिएको हो।

इंग्ल्यान्ड बोर्डले अस्ट्रेलियासंगको सिरिज पछि इंग्ल्यान्डको यो वर्षको समर सिजन समाप्त हुनेछ। त्यसपछि खेलाडीहरु इन्डियन प्रिमियर लिग ( आईपीएल ) खेल्नको लागि खुला हुनेछन्।

इंग्ल्यान्ड बोर्डका अनुसार अस्ट्रेलियन टिम २४ अगस्टमा इंग्ल्यान्ड पुग्नेछ जसपछि ५ दिन क्वारेन्टाइनमा बस्नेछ। त्यसपछि अस्ट्रेलियाले आफ्नै खेलाडीहरु बीच तिन वटा टि-२० अभ्यास खेल खेल्नेछ।

टि-२० र एकदिवसीय सिरिजको खेल तालिका 

पहिलो टि-२० : ४ सेप्टेम्बर ( साउथह्याम्पटन )

दोश्रो टि-२० : ६ सेप्टेम्बर ( साउथह्याम्पटन )

तेश्रो टि-२० : ८ सेप्टेम्बर ( साउथह्याम्पटन )

पहिलो वानडे : ११ सेप्टेम्बर ( म्यानचेस्टर )

दोश्रो वानडे : १३ सेप्टेम्बर ( म्यानचेस्टर )

तेश्रो वानडे : १६ सेप्टेम्बर ( म्यानचेस्टर )

अस्ट्रेलियाद्वारा टिमको घोषणा 

इंग्ल्यान्ड भ्रमणको लागि अस्ट्रेलियाले २१ सदस्यीय टोलिको पनि घोषणा गरेको छ जसमा अनक्याप्ड खेलाडीहरु ड्यानियल स्याम्स, राइले मेरेडीथ र जोश फिलिप्पे पनि रहेका छन्। ट्राभिस हेड, उस्मान ख्वाजा, बेन म्याकडरमोट, माइकल नेसार र ड्यारसी शर्ट जस्ता खेलाडीहरुलाई टिममा राखिएको छैन।

अस्ट्रेलिया टिम :- Aaron Finch (c), Sean Abbott, Ashton Agar, Alex Carey, Pat Cummins (vc), Josh Hazlewood, Marnus Labuschagne, Nathan Lyon, Mitchell Marsh, Glenn Maxwell, Riley Meredith, Josh Philippe, Daniel Sams,Kane Richardson, Steven Smith, Mitchell Starc,Marcus Stoinis, Andrew Tye, Matthew Wade, David Warner, Adam Zampa

इंग्ल्यान्ड बिरुद्धको सिरिज सेप्टेम्बर १६ मा सकिने हुँदा इंग्ल्यान्ड र अस्ट्रेलिया दुवै टिमका खेलाडीहरुले सुरुवाती १-२ खेलहरु गुमाउनसक्नेछन्। आईपीएल सेप्टेम्बर १९ देखि सुरु हुँदैछ। आईपीएलको लागि खेलाडीहरु युएईमा ६ दिन आइसोलेसनमा बस्नुपर्नेछ।

यो पनि पढ्नुस :- 

पाकिस्तानसंग खेल चल्दै गर्दा ब्रोडले किन प्रयोग गरे इन्हेलर, कारण जान्नुस

राष्ट्रिय फुटबलरलाई पनि देखियो कोरोना

आईपीएल २०२० : कुन टिममा को-को खेलाडी छन्

लामो समय देखि रोकिएको क्रिकेटरहरुको तलब दिन क्यानले प्रक्रिया थाल्यो

सन्दिप लामिछाने सहित सिपिएल टि-२० खेल्न यात्रा गर्ने १६२ जनाको रिपोर्ट नेगेटिभ

सिपिएल टि-२० : कुन टिममा को-को छन् खेलाडीहरु

आरिफ शेखको ६ उत्कृस्ट ब्याटिंग प्रदर्शन





थप समाचार

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]

भारतमाथि न्युजिल्यान्डको फराकिलो जित

युएईमा जारी रहेको महिला टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । दुबईमा शुक्रवार भएको दिनको दोस्रो खेलमा […]

ब्याटिङ कोल्याप्स हुदा नेपाल पराजित

ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग […]