टि-२० विश्वकप : सेमी पुग्न अस्ट्रेलियालाई श्रीलंकाको भर, अफगानिस्तान ४ रनले पराजित

आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटमा घरेलु टोली अस्ट्रेलियाले जित निकालेको छ । जितसंगै अस्ट्रेलियाले सेमीफाइनल पुग्ने सम्भावना जिवितै राखेको छ।

एडिलेटमा शुक्रबार भएको रोमाञ्चक खेलमा अस्ट्रेलियाले अफगानिस्तानलाई ४ रनले हराएको हो । अस्ट्रेलियाले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन मात्र बनाउन सक्यो ।

अफगानिस्तानका लागि राशिद खानले अविजित रहँदै ४८ रन बनाए जुन क्रममा २३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । रासिदको यो टि-ट्वान्टी अन्तर्राष्ट्रियमा उच्च व्यक्तिगत स्कोर हो। गुल्बादिन नाइबले ३९ रन जोड्दा रहमानउल्लाह गुरुबाजले ३० रन जोडे । इब्राहिम जाड्रनले २६ तथा डार्विस रसोलले १५ रन बनाए । अष्ट्रेलियाका जोस हाजलउड र एडम जाम्पाले २-२ विकेट लिए ।

१०३ रनमा ६ विकेट गुमाएको अवस्थामा रासिदले सातौँ विकेटको लागि दर्विश रसोलीसंग ४५ रनको साझेदारी गर्दै जित दिलाउने प्रयास गरेका थिए। अन्तिम ओभरमा जित्न २२ रन आवस्यक हुँदा रासिदले दुई चौका र १ छक्का प्रहार गरेता पनि जित दिलाउन पर्याप्त रहेन।

त्यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६८ रन जोडेको थियो ।

अष्ट्रेलियाका लागि ग्लेन म्याक्स्वेलले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ खेले । उनले मात्र ३२ बलमा ६ चौका र २ छक्का प्रहार गरे। मिचेल मार्शले ४५ रन जोड्दा मार्कुस स्टोईनिस र डेभिड वार्नरले समान २५/२५ रन बनाए ।

अफगानिस्तानका लागि नभिन उल हकले ३ विकेट लिए । फजलहक फारुकीले २ विकेट लिए ।

अस्ट्रेलियालाई श्रीलंकाको भर

जितपछि सुपर-१२ चरणको सबै ५ खेल खेल्दा अस्ट्रेलियाको ७ अंक छ। समान खेलमा ७ अंक सहित न्युजिल्यान्ड नेट रन रेटमा अघि रहँदै पहिलो स्थानमा छ। न्युजिल्यान्डले सेमीफाइनलमा स्थान पक्का गरिसकेको छ। ४ खेलमा ५ अंक सहित इंग्ल्यान्ड तेश्रो स्थानमा छ। इंग्ल्यान्डले शनिवार श्रीलंकासंग जित दर्ता गरेको खण्डमा इंग्ल्यान्ड सेमीफाइनल पुग्नेछ। श्रीलंकाले इंग्ल्यान्डलाई पराजित गरे अस्ट्रेलिया सेमीफाइनल पुग्नेछ। श्रीलंका, आयरल्याण्ड र अफगानिस्तानको सेमीफाइनल सम्भावना समाप्त भैसकेको छ।





थप समाचार

आरिफ क्यास्पियन भ्यालीको ब्रान्ड एम्बेसडर

क्यास्पियन भ्याली सेकेन्डरी स्कुल/कलेजले राष्ट्रिय क्रिकेट खेलाडी आरिफ शेखलाई आफ्नो ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ । ललितपुरको कुमारीपाटीमा रहेको […]

सप्तरी प्राइड लिग : राईनोज र रोयल च्यालेन्जर विजयी

राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत चौंथो दिन सम्पन्न दुईवटा खेलमा कञ्चनरूप राइनोज र रोयल च्यालेन्जर्स बाह्री वीरपुर विजयी भएका […]

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]