अस्ट्रेलिया बिरुद्ध बंगलादेशको लगातार दोश्रो जित

२०७८ श्रावण २०, बुधबार २१:१५

भ्रमण टोलि अस्ट्रेलियालाई लगातार दोश्रो खेलमा ५ विकेटले पराजित गर्दै बंगलादेशले पाँच खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिजमा २-० को अग्रता हाँसिल गरेको छ।

शेरे बांग्ला नेसनल स्टेडियम, ढाकामा सम्पन्न खेलमा अस्ट्रेलियाले दिएको १२२ रनको लक्ष्य बंगलादेशले ८ बल बाँकी रहँदै ५ विकेट गुमाएर भेटायो।

बंगलादेश ओपनर ओपनर मोहम्मद नईम र सौम्य सरकार छिट्टै आउट भएपछि तेश्रो विकेटको लागि शाकिब अल हसनले मेहदी हसनसंग ३७ रनको साझेदारी गरे। १७ बलमा ४ चौका मद्दतले २६ रन बनाएका शाकिबलाई नवौं ओभरमा एन्ड्रयु टाईले बोल्ड गर्दै अस्ट्रेलियालाई खेलमा फर्काए। लगत्तै ओभरमा कप्तान महमुदुल्लाह खाता नखोली एस्टन एगरबाट बोल्ड भए। २३ रन बनाएका मेहदी हसन पनि एडम जाम्पाबाट स्टम्प आउट भए।

६७ रनमा ५ विकेट गुमाएको अवस्थामा छैठौं नम्बरमा ब्याटिंग गरेका अफिफ होसेनले सातौं नम्बरका नुरुल हसनसंग अर्धशतकीय साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याए। दुवैले ४४ बलमा अविजित ५६ रन जोडे। अफिफले ३७ रन बनए जुन क्रममा ३१ बलमा ५ चौका र १ छक्का प्रहार गरे भने हसनले २१ बलमा ३ चौका मद्दतले २२ रन बनाए।

अस्ट्रेलियाको बलिंगमा मिचेल स्टार्क, जोश हेजलवुड, एस्टन एगर, एडम जाम्पा र एन्ड्रयु टाईले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १२१ रन बनाएको थियो। उसको लागि मिचेल मार्शले सर्वाधिक ४५ रन, मोईसेस हेनरिक्सले ३० रन तथा मिचेल स्टार्कले अविजित १३ रन योगदान दिए। मार्श र हेनरिक्स बीच तेश्रो विकेटको लागि भएको ५७ रनको साझेदारी इनिंग्सको सर्वाधिक साझेदारी रह्यो।


एक समय १६ ओभरमा ९९ रनको योगफलमा ३ विकेट गुमाएको अस्ट्रेलियाले त्यसपछि ४ ओभरमा थप ४ विकेट गुमायो भने मात्र २२ रन मात्र योगफलमा थप्न सक्यो।

बंगलादेशको बलिंगमा मुस्तफीजुर रहमानले ३ विकेट ( ४-०-२३-३ ) लिए भने शोरीफुल इश्लामले २ ( ४-०-२७-२ ) विकेट लिए। मेहदी हसन र शाकिब अल हसनले समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेलमा बंगलादेशले अस्ट्रेलियालाई २३ रनले पराजित गरेको थियो जुन अस्ट्रेलिया बिरुद्ध बंगलादेशको इतिहासकै पहिलो टि-२० अन्तर्राष्ट्रिय जित थियो। सिरिजको तेश्रो खेल अगस्ट ६ तारिखमा खेलिनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy