वार्नरले विशाल शतक बनाउदा अस्ट्रेलियाको विशाल योगफल, वर्षाले रोकियो खेल

इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकप अन्तर्गत अस्ट्रेलिया २६ औं खेलमा अस्ट्रेलिया र बंगलादेश प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस जितेर पहिले ब्याटिंग गरेको अस्ट्रेलियाले ४९ ओभरमा ५ विकेट गुमाएर ३६८ रन बनाएको छ। १ ओभर मात्र इनिंगमा बाँकी रहंदा वर्षाले खेल रोकिएको छ।

ट्रेन्ट ब्रिज मैदानमा टस जितेर ब्याटिंग गरेको अस्ट्रेलियालाई ओपनर डेभिड वार्नरले कप्तान एरोन फिंचले उत्कृस्ट सुरुवात दिलाए। दुवैले १२१ रनको ओपनिंग साझेदारी गरे। फिंच २१ औं ओभरमा आउट भए जसअघि उनले १४७ बलमा १४ चौका र ५ छक्का प्रहार गरे।

फिंचको विकेटपछि वार्नर र उस्मान ख्वाजाले दोश्रो विकेटको लागि १९२ रनको विशाल साझेदारी गरे। उत्कृस्ट फर्म दोहोर्याउने क्रममा वार्नरले प्रतियोगिताको दोश्रो शतक प्रहार गरे।

४५ औं ओभरमा सौम्य सरकारको बलमा क्याच आउट हुनु अघि उनले १६६ रन बनाए जुन क्रममा १४७ बलमा १४ चौका र ५ छक्का प्रहार गरे। एकदिवसीय अन्तर्राष्ट्रियमा यो वार्नरको १६ औं शतक हो। प्रतियोगितामा यस अघि उनले पाकिस्तान संघ १०७, भारतसंग ५६, इंग्ल्याण्डसंग ४३ तथा अफगानिस्तानसंग अविजित ८९ रन बनाएका थिए

वार्नरको विकेटपछि ख्वाजापनि सौम्य सरकारकै बलमा क्याच आउट भए जसले ७२ बलमा १० चौका मदतले ८९ रन बनाए। स्टिभ स्मिथ १ रन बनाएर आउट भए।

आक्रामक ब्याटिंग गरेका ग्लेन म्याक्सवेलले विस्फोटक ब्याटिंग गर्दै १० बलमा ३ छक्का र २ चौका मदतले ३२ रन बनाए।उनि रन आउट भए।

प्रतियोगितामा अस्ट्रेलियाले ५ खेल खेल्दा ४ जित र १ हार बेहोरेको छ। यस क्रममा उसले श्रीलंकालाई ८७ रनले, पाकिस्तानलाई ४१ रनले, वेस्ट इन्डिजलाई १५ रनले तथा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दा भारतसंग भने ३६ रनले पराजित हुन पुगेको थियो।

बंगलादेशको बलिंगमा सौम्य सरकारले सर्वाधिक ३ विकेट ( ८-०-५८-३ ) तथा मुस्तफिजुर रहमानले १ विकेट ( ८-०-५६-१ ) लिए। मश्रफे मुर्तजा ( ८-०-५६-० ) , शकिब अल हसन ( ६-०-५०-० ) , रुबेल हुसेन ( ९-०-८३-० ) र मेहदी हसन ( १०-०-५९-० ) विकेट विहिन रहे।

बंगलादेशले ५ खेल खेल्दा २ जित र २ हार बेहोरेको छ भने १ खेल नतिजाविहिन रहेको थियो। यस क्रममा उसले वेस्टइन्डिजलाई ७ विकेटले तथा दक्षिण अफ्रीकालाई २१ रनले पराजित गरेको थियो भने इंग्ल्याण्डस्नाग १०६ रनको तथा न्युजिल्याण्डसंग २ विकेटको हार बेहोरेको थियो। श्रीलंकासंगको खेल भने नतिजाविहिन रहेको थियो।

 





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]