T20WC : बंगलादेश बिरुद्ध विशाल जितपछि अस्ट्रेलियाले नेट रनरेटमा दक्षिण अफ्रीकालाई उछिन्यो

टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरणको समुह ‘१’ को खेलमा अस्ट्रेलियाले बंगलादेशलाई एकतर्फी खेलमा ८ विकेटले पराजित गरेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा बंगलादेशले दिएको ७४ रनको लक्ष्य अस्ट्रेलियाले मात्र २ विकेट क्षेतीमा ६.२ ओभरमै ८२ बल बाँकी रहँदै भेटायो। अस्ट्रेलियाको यो जित बल बाँकी रहेको आधारमा टि-ट्वान्टी विश्वकप इतिहासकै दोश्रो ठूलो जित हो। सबैभन्दा ठूलो जित श्रीलंकाको नेदरल्याण्ड बिरुद्ध २०१४ को ९० बल बाँकी रहँदैको जित हो।

लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाको लागि आरोन फिंचले सर्वाधिक ४० रन बनाए जुन क्रममा २० बलमा २ चौका र ४ छक्का प्रहार गरे। डेभिड वार्नरले १४ बलमा ३ चौका मद्दतले १८ तथा मिचेल मार्शले ५ बलमा २ चौका र १ छक्का मद्दतले अविजित १६ रन बनाए।

यस अघि टस हारेर ब्याटिंग गरेको बंगलादेशले १५ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको थियो। उसको लागि शमिम होसेनले सर्वाधिक १९, मोहम्मद नैमले १७ तथा महमुदुल्लाहले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। ३३ रनमा ५ विकेट गुमाएको अवस्थामा महमुदुल्लाह र होसेन बीच २९ रनको साझेदारी इनिंग्सको सर्वाधिक रह्यो।

अस्ट्रेलियाको बलिंगमा लेग स्पिनर एडम जाम्पाले करियरकै तथा जारी विश्वकपकै उत्कृस्ट प्रदर्शन गर्दै ५ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र १९ रन खर्चिए। जाम्पाको स्पेल टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियन बलरको दोश्रो उत्कृस्ट स्पेल हो। सबैभन्दा उत्कृस्ट स्पेलको रेकर्ड एस्टन एगर ( ४-०-३०-६ ) को नाममा छ जसले न्युजिल्यान्ड बिरुद्ध यसै वर्ष उक्त रेकर्ड बनाएका थिए। मिचेल स्टार्क ( ४-०-२१-२ ) र जोश हेजलवुडले ( २-०-८-२ ) समान २ विकेट तथा ग्लेन म्याक्सवेलले १ विकेट ( २-०-६-१ ) लिए।

नेट रन रेटमा अस्ट्रेलियाले दक्षिण अफ्रीकालाई उछिन्यो, यसरी पुग्नसक्छ सेमीफाइनल 

जितपछि अस्ट्रेलिया समुह ‘१’ अंकतालिकामा ४ खेलमा ३ जित र १ हार पछि ६ अंक सहित दोश्रो स्थानमा उक्लेको छ। समान अंक रहेको दक्षिण अफ्रीका नेट रन रेटमा पछि रहँदै तेश्रो स्थानमा छ। विशाल जित पछि अस्ट्रेलियाले ( +१.०३१ ) नेट रन रेटमा दक्षिण अफ्रीकालाई ( +०.७४२ ) ले उछिनेको छ।  बंगलादेश सुपर-१२ चरणको सबै ५ खेलमा पराजित भयो।

नोभेम्बर ६ तारिखमा अस्ट्रेलिया र वेस्टइन्डिज तथा इंग्ल्यान्ड र दक्षिण अफ्रीका बीचको खेलले समुह ‘१’ बाट सेमीफाइनल पुग्ने टिम निर्धारण हुनेछ। अस्ट्रेलियाले वेस्टइन्डिजलाई तथा दक्षिण अफ्रीकाले इंग्ल्यान्डलाई पराजित गरेको खण्डमा अस्ट्रेलिया, इंग्ल्यान्ड र दक्षिण अफ्रीकाको समान ८ अंक हुनेछ जसपछि नेट रन रेटको आधारमा शिर्ष दुई टिम समुह ‘१’ बाट सेमीफाइनल पुग्नेछ। अस्ट्रेलिया वेस्टइन्डिजसंग तथा दक्षिण अफ्रीका इंग्ल्यान्डसंग पराजित भयो साथै वेस्टइन्डिजले श्रीलंकालाई पनि पराजित गरेको खण्डमा अस्ट्रेलिया, वेस्टइन्डिज र दक्षिण अफ्रीकाको समान ६ अंक हुनेछ त्यसो भए तिनवटा टिम मध्ये एउटा टिम नेट रन रेटको आधारमा सेमीफाइनल पुग्नेछ। अस्ट्रेलियाले वेस्टइन्डिजलाई पराजित गर्ने र दक्षिण अफ्रीका इंग्ल्यान्डसंग पराजित भयो भने अस्ट्रेलिया र इंग्ल्यान्ड स्वतः सेमीफाइनल पुग्नेछ।

समुह ‘१’ को बाँकी खेल : वेस्टइन्डिज vs श्रीलंका ( नोभेम्बर ४ ) , अस्ट्रेलिया vs वेस्टइन्डिज ( नोभेम्बर ६ ) , इंग्ल्यान्ड vs दक्षिण अफ्रीका ( नोभेम्बर ६ )





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]