अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ ।
३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले सिरिज १-१ को बराबरीमा सकाएको हो ।
तेस्रो तथा निणायक तेस्रो खेल वर्षाका कारण रद्द भएसँगै सिरिज बराबरीमा सकिएको हो ।
पहिलो खेलमा अस्ट्रेलिया विजयी हुँदा दोस्रो खेलमा घरेलु टोली विजयी भएको थियो ।
पहिलो खेलमा २८ रनले पराजित इङ्ल्यान्डले दोस्रो खेलमा अस्ट्रेलियालाई ३ विकेटले पराजित गरेको थियो ।
दुई देशबीच आगामी बिहीबारबाट ५ खेलको ओडिआई सिरिज सुरु हुदैछ ।
