काठमाडौं । स्कटल्यान्डले अमेरिका तथा वेस्ट इन्डिजमा जारी नवौं संस्करणको टी-२० विश्वकपमा अस्ट्रेलियालाई जितका लागि १ सय ८१ रनको लक्ष्य दिएको छ ।
वेस्ट इन्डिजको सेन्ट लुसियामा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रन बनायो ।
स्कटल्यान्डका लागि ब्रेन्डन म्याकमुलनले ३४ बलमा २ चौका र ६ छक्काको सहयोगमा ६० रनको अर्धशतकीय ईनिङ खेले । ओपनर जर्ज मुन्सेले २३ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३५ रन बनाए । तेस्रो विकेटका लागि मुन्से र म्याकमुलनले ४८ बलमा ८९ रनको महत्वपूर्ण साझेदारी गरे ।
कप्तान रिचि बेरिङ्गटनले ३० बलमा ४१ तथा म्याथ्यु क्रसले ११ बलमा १८ रन बनाए ।
अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले दुई तथा अस्टन अगर, नाथन एलिस र एडम जाम्पाले समान एक एक विकेट लिए ।
सुपर एटमा स्थान बनाउँनका लागि स्कटल्यान्डलाई स्पष्ट जितको आवश्यक छ । सुपर एटमा स्थान बनाईसकेको अस्ट्रेलियाको जितले इंग्ल्यान्डलाई सुपर एटमा पुर्याउने छ ।