स्मिथको धैर्यता र कौलटरको आक्रामक इनिंग , खराब स्थितिबाट उठ्दै अस्ट्रेलियाले बनायो २८८

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत दशौँ खेलमा अस्ट्रेलिया र वेस्ट इन्डिज प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा पहिले ब्याटिंग गरेको अस्ट्रेलियाले वेस्ट इन्डीजलाई २८९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

ट्रेन्ट ब्रिज नटिंघममा टस हारेर ब्याटिंग गरेको अस्ट्रेलियालाई एक समय सानो योगफलमा समेटिने खतरा थियो। उसले आफ्नो पहिलो ५ विकेट ७९ रनको योगफलमै गुमाउन पुग्यो। आरोन फिन्च ६, डेभिड वार्नर ६, उस्मान ख्वाजा १३, ग्लेन म्याक्सवेल ० तथा मार्कस स्टोइनिस १९ रन बनाएर आउट भए।

त्यसपछि अस्ट्रेलियाको इनिंग अघि बढाउन पुर्व कप्तान स्टिभ स्मिथ र विकेटकिपर ब्याट्सम्यान एलेक्स केरेले छैठौं विकेटको लागी ६८ रनको साझेदारी गरे। केरे ४५ रन बनाएर आउट भए पछि स्मिथले नाथन कौलटर नाइल संग शतकीय साझेदारी गरे।

७३ रनको उत्कृस्ट इनिंग खेल्दै ४५ औं ओभरमा स्मिथ आउट भए जुन क्रममा उनले १०३ बलमा ७ चौका प्रहार गरे। अर्को तर्फ आक्रामक इनिंग खेलेका कौलटर ४९ औं ओभरमा आउट भए जसअघि उनले ६० बलमा ८ चौका र ४ छक्का मदतले ९२ रन प्रहार गरे। पहिलो शतक बनाउन बाट भने उनि चुक्न पुगे।

फलस्वरूप ७९/५ ( १६.१ ) बाट अस्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर २८८ रन बनायो।

वेस्ट इन्डिजको बलिंगमा कार्लोस ब्राथवेटले सर्वाधिक ३ ( १०-०-६७-३ ) तथा ओशेन थोमस ( १०-०-६३-२ ) , शेल्डन कटरेलले ( ९-०-५६-२ ) र आन्द्रे रसेल ( ८-०-४१-२ ) ले २/२ विकेट तथा जेसन होल्डरले १ विकेट ( ७-२-२८-१ ) लिए।

प्रतियोगिता अन्तर्गत अस्ट्रेलियाले पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो। यस्तै वेस्ट इन्डिजले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो।





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]