फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै अस्ट्रेलियाले जित्यो सिरिज

२०७४ फाल्गुन ९, बुधबार १८:५७

  • विकेटनेपाल – ९ फाल्गुन. बुधवार

इंग्ल्याण्ड, अस्ट्रेलिया र न्युजील्याण्ड बिचको त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधि अस्ट्रेलियाले हात पारेको छ। घरेलु जमिनमा यसअघि भएको एक दिवसीय शृंखलामा बेहोरेको लज्जास्पद हारको बदला लिंदै अस्ट्रेलियाले टि-२० अन्तर्राष्ट्रियको उपाधि हात पार्यो।

त्रिकोणात्मक शृंखलामा उत्कृस्ट लयमा रहेको अस्ट्रेलियाको यो लगातार छैठौं टि-२० अन्तर्राष्ट्रियमा जित पनि हो। यस शृंखला सुरुहुन भन्दा अघि टि-२० अन्तर्राष्ट्रियको बरियतामा सातौँ स्थानमा रहेको अस्ट्रेलिया सिरिज जितसंगै दोस्रो स्थानमा उक्लिएको छ।

शृंखलाको फाइनल खेलमा अस्ट्रेलियाले न्युजील्याण्डलाई डक वर्थ लुईस स्टर्न मेथडका आधारमा १९ रनले पराजित गर्यो। पहिले ब्याटिंग गरेको घरेलु टोलि न्युजील्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५० रनको योगफल तय गरेको थियो। उसका रस टेलरले सर्वाधिक ४३ रनको योगदान दिए।

पहिलो विकेटका लागि दुई ओपनर मार्टिन गुप्टिल र कोलिन मुन्रोले ४८ रनको साझेदारी गर्दै किवी टोलिलाई उत्कृस्ट सुरुवात दिएका थिए। तर बिल्ली स्ट्यानलेकको बलमा डेभिड वार्नरलाई क्याच थमाउँदै मार्टिन गुप्टिल(२१) पभेलियन फर्किएसंगै न्युजील्याण्डको विकेट पतन हुनेक्रम सुरु भएको थियो।

एक छेउबाट लगातार रुपमा विकेट झरेपनि अर्को छेउबाट टेलरले उत्कृस्ट ब्याटिंग गर्दै ४३ रन जोडेका थिए। मात्र ३८ बल खेलेका टेलरले २ चौका र २ छक्का सहित ४३ रन जोडे।

कंगारु टोलिको बलिंगमा एस्टन एगरले सर्वाधिक ३ विकेट तथा केन रिचर्डसन् र एन्ड्रीयु टाईले समान २-२ विकेट लिए।

जवाफमा १५१ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको कंगारु टोलिले उत्कृस्ट सुरुवात गर्यो। मात्र ७ ओभरमा पहिलो विकेटका लागि डार्सी शर्ट र डेभिड वार्नर बीच ७२ रनको ओपनिंग साझेदारी भयो। बिष्फोटक पारि खेलेका शर्ट मात्र ३० बलमा ६ चौका र ३ छक्का सहित ५० रन बनाएर आउट भए।

बर्षा बाधक बनेको खेलमा अस्ट्रेलियाको इनिंगमा मात्र १४.४ ओभर मात्रै सम्भव भयो। खेल त्यस अवस्थासम्म पुग्दा अस्ट्रेलिया डी/एल मेथडमा आवश्यक रनभन्दा अघि थियो। थप खेल सम्भव नभएसंगै नतिजा अस्ट्रेलियाको पक्षमा १९ रनले रह्यो।

न्युजील्याण्डको बलिंगमा इस् सोढ़ी, मिचेल स्यांटनर र कोलिन मुन्रोले समान १-१ विकेट लिए। अस्ट्रेलियाका एस्टन एगर खेलको म्यान अफ दि म्याच घोषित हुँदा अस्ट्रेलियाकै ग्लेन म्याक्स्वेल शृंखलाकै उत्कृस्ट खेलाडी घोषित भए।

फोटोहरु : आइसीसी

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy