अस्ट्रेलियाले टस जित्यो, पहिले गर्ने बलिङ गर्दै

२०८१ असार ११, सोमबार १९:५१

काठमाडौं । अस्ट्रेलियाले भारतविरुद्ध जारी टी-२० विश्वकपको सुपर एटको खेलमा टस जितेको छ ।

अस्ट्रेलियाका कप्तान मिचेल मार्शले टस जितेर बलिङ रोजे पछि भारतले पहिला ब्याटिङ गर्दैछ ।

भारतमाथि फराकिलो जितका साथ सेमिफाइनलमा स्थान बनाउँने लक्ष्यमा अस्ट्रेलिया रहेको छ । सुपर एटको पहिलो खेलमा बंगलादेशलाई पराजित गरेको अस्ट्रेलियाले दोस्रो खेलमा अफगानिस्तानसँग हार व्यहोरेको थियो ।

सुपर एटको दुवै खेलमा विजयी भारत अस्ट्रेलियालाई हराउँदै अपराजित रुपमा सेमिफाइनल प्रवेश गर्न चाहन्छ । भारत विजयी भएमा समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको निणर्य मंगलबार बिहानको खेलबाट हुनेछ ।

समूह टूबाट सेमिफाइनल पुग्ने दुवै टोलीको टुंगो लागि सकेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy