पाकिस्तान बिरुद्द अष्ट्रेलियाको व्हाइटवास, विश्वकपमा दाबेदारी प्रस्तुत

सन् २०१९ मा हुन लागेको विश्वकप क्रिकेटलाई मध्यनजर गर्दै पाकिस्तान बिरुद्दको एकदिवसीय सिरिजको लागि संयुक्त अरब इमिरेट्स (युएई) मा रहेको अष्ट्रेलियाले पाकिस्तानलाई व्हाइटवास गरेको छ। पाँचवटै एकदिवसीय खेल अष्ट्रेलियाले आफ्नो पक्षमा पार्यो।

पछिल्लो महिना भारत भ्रमणमा रहेको अष्ट्रेलियाले भारतलाई पाँच एकदिवसीय खेलको सिरिज ३-२ ले जितेको थियो। अष्ट्रेलियाको भारत र पाकिस्तान बिरुद्दको सिरिज जितपछि आगामी बिश्वकपको लागि आफ्नो दाबेदारी प्रस्तुत गरेको छ। भारतसँग पहिलो २ खेलमा पराजित भएपछी अन्तिम ३ खेलमा उत्कृस्ट कमब्याक गरेको थियो।

लगातार ८ एकदिवसीय खेल जितेको अष्ट्रेलियाले सन् २०१८ को जनवरी देखि भारत भ्रमण अघि मात्र ३ वटा एकदिवसीय खेलमात्र जित्न सकेको थियो।

सिरिज अन्तर्गत आइतबार सम्पन्न पाचौं तथा अन्तिम खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई २० रनले पराजित गर्दै सिरिजमा ५-० ले जित दर्ता गर्यो।

दुबईमा भएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको अष्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाएर ३२७ रन बनायो। उसका लागि ओपनर उस्मान ख्वाजाले ९८ रन (१११ बल, १० चौका) तथा एरोन फिन्चले ५३ रन (६९ बल, २ चौका, २ छक्का) बनाउँदै राम्रो सुरुवात दिलाए। त्यसपछि शन मार्सले पनि ६१ रन (६८ बल, ५ चौका, १ छक्का) को पारि खेले भने ग्लेन म्याक्सवेलले आक्रामक पारि खेल्दै टिमलाई सुरक्षित योगफल तर्फ पुर्याए।

खेलमा प्लेयर अफ द म्याच चुनिएका म्याक्स्वेलले ७० रन बनाउन ३३ बलमा १० चौका र ३ छक्का हाने। बलिंगमापाकिस्तानका उस्मान सेनवारीले ४ विकेट (१०-०-४९-४) तथा जुनैद खानले ३ विकेट (९-०-७३-३) लिए।

जवाफमा शन मसूदले ५० रन, ह्यारिस सोहेलले १३० रन, उमर अकमलले ४३ रन र इमाद वासिमले अविजित ५० रन बनाएपछि पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर ३०७ रन बनायो। बलिंगतर्फ अष्ट्रेलियाका जेसन बेहरेन्ड्रफले ३ विकेट (८-०-६३-३) तथा केन रिचर्ड्सन, नथन लायन, ग्लेन म्याक्स्वेल र एडम जाम्पाले समान १/१ विकेट लिए।

५ खेलमा ११२ भन्दा माथिको औसतमा ४५१ रन बनाएका अष्ट्रेलियाका कप्तान फिन्च सिरिजकै उत्कृस्ट खेलाडी घोषित भए।

चौथो खेल: अष्ट्रेलिया ६ रनले बिजयी
तेस्रो खेल: अष्ट्रेलिया ८० रनले बिजयी
दोश्रो खेल: अष्ट्रेलिया ८ विकेटले बिजयी
पहिलो खेल: अष्ट्रेलिया ८ विकेटले बिजयी





थप समाचार

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी […]