पाकिस्तान बिरुद्द अष्ट्रेलियाको व्हाइटवास, विश्वकपमा दाबेदारी प्रस्तुत

सन् २०१९ मा हुन लागेको विश्वकप क्रिकेटलाई मध्यनजर गर्दै पाकिस्तान बिरुद्दको एकदिवसीय सिरिजको लागि संयुक्त अरब इमिरेट्स (युएई) मा रहेको अष्ट्रेलियाले पाकिस्तानलाई व्हाइटवास गरेको छ। पाँचवटै एकदिवसीय खेल अष्ट्रेलियाले आफ्नो पक्षमा पार्यो।

पछिल्लो महिना भारत भ्रमणमा रहेको अष्ट्रेलियाले भारतलाई पाँच एकदिवसीय खेलको सिरिज ३-२ ले जितेको थियो। अष्ट्रेलियाको भारत र पाकिस्तान बिरुद्दको सिरिज जितपछि आगामी बिश्वकपको लागि आफ्नो दाबेदारी प्रस्तुत गरेको छ। भारतसँग पहिलो २ खेलमा पराजित भएपछी अन्तिम ३ खेलमा उत्कृस्ट कमब्याक गरेको थियो।

लगातार ८ एकदिवसीय खेल जितेको अष्ट्रेलियाले सन् २०१८ को जनवरी देखि भारत भ्रमण अघि मात्र ३ वटा एकदिवसीय खेलमात्र जित्न सकेको थियो।

सिरिज अन्तर्गत आइतबार सम्पन्न पाचौं तथा अन्तिम खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई २० रनले पराजित गर्दै सिरिजमा ५-० ले जित दर्ता गर्यो।

दुबईमा भएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको अष्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाएर ३२७ रन बनायो। उसका लागि ओपनर उस्मान ख्वाजाले ९८ रन (१११ बल, १० चौका) तथा एरोन फिन्चले ५३ रन (६९ बल, २ चौका, २ छक्का) बनाउँदै राम्रो सुरुवात दिलाए। त्यसपछि शन मार्सले पनि ६१ रन (६८ बल, ५ चौका, १ छक्का) को पारि खेले भने ग्लेन म्याक्सवेलले आक्रामक पारि खेल्दै टिमलाई सुरक्षित योगफल तर्फ पुर्याए।

खेलमा प्लेयर अफ द म्याच चुनिएका म्याक्स्वेलले ७० रन बनाउन ३३ बलमा १० चौका र ३ छक्का हाने। बलिंगमापाकिस्तानका उस्मान सेनवारीले ४ विकेट (१०-०-४९-४) तथा जुनैद खानले ३ विकेट (९-०-७३-३) लिए।

जवाफमा शन मसूदले ५० रन, ह्यारिस सोहेलले १३० रन, उमर अकमलले ४३ रन र इमाद वासिमले अविजित ५० रन बनाएपछि पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर ३०७ रन बनायो। बलिंगतर्फ अष्ट्रेलियाका जेसन बेहरेन्ड्रफले ३ विकेट (८-०-६३-३) तथा केन रिचर्ड्सन, नथन लायन, ग्लेन म्याक्स्वेल र एडम जाम्पाले समान १/१ विकेट लिए।

५ खेलमा ११२ भन्दा माथिको औसतमा ४५१ रन बनाएका अष्ट्रेलियाका कप्तान फिन्च सिरिजकै उत्कृस्ट खेलाडी घोषित भए।

चौथो खेल: अष्ट्रेलिया ६ रनले बिजयी
तेस्रो खेल: अष्ट्रेलिया ८० रनले बिजयी
दोश्रो खेल: अष्ट्रेलिया ८ विकेटले बिजयी
पहिलो खेल: अष्ट्रेलिया ८ विकेटले बिजयी

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy