अष्ट्रेलियाले घोषणा गर्यो विश्वकप खेल्ने टोली, स्मिथ र वार्नरको पुनरागमन

२०७६ बैशाख २, सोमबार ०९:५०

  • विकेटनेपाल – २ बैशाख, सोमबार

सन् २०१९ को एक दिवसीय विश्वकप क्रिकेट सुरुहुन केहिदिन मात्र बाँकी रहंदा साबिक बिजेता अष्ट्रेलियाले विश्वकप खेल्ने १५ सदस्यीय टोली सार्वजनिक गरेको छ। टोलीमा स्टिभ स्मिथ र डेभिड वार्नरले पुनरागमन गरेका छन्।

पछिल्लो बर्ष दक्षिण अफ्रिका बिरुद्धको टेस्टका क्रममा बल टेम्परिंग गरेको आरोपमा स्मिथ र वार्नरलाई अष्ट्रेलियन क्रिकेट बोर्डले एक बर्षको प्रतिबन्ध लागाएको थियो। अघिल्लो महिना प्रतिबन्धको समय सकिएपछी दुबै खेलाडी यतिबेला इन्डियन प्रिमियर लिग ( आइपिएल ) क्रिकेट खेलिरहेका छन्।

अष्ट्रेलियाको कप्तानी सम्हालेका स्टिभ स्मिथको टोलीमा पुनरागमन भएपनि विश्वकपमा अष्ट्रेलियाको कप्तानी भने एरन फिंचले सम्हाल्ने छन्। सोमबार बिहान घोषित अष्ट्रेलियन टोलीमा कप्तान फिंचसंगै जेसन बेरेनड्रफ, एलेक्स केरी, नेथन कुल्टर नाइल, प्याट कमिन्स, उश्मान ख्वाजा, नेथन लायन, शन मार्श, ग्लेन म्याक्स्वेल, झाए रिचार्डसन्, स्टिभ स्मिथ, मिचल स्टार्क, मार्कस स्टोइनिस, डेभिड वार्नर र एडम जाम्पा रहेका छन्।

Australian Squad
Australian Squad

यसअघि अष्ट्रेलियन टोलीमा रहँदै आएका पिटर ह्यान्ड्सकम्ब, मिचल मार्श, जस् हेजलवुड, केन रिचार्डसनले विश्वकप खेल्ने १५ सदस्यीय टोलीमा स्थान बनाउन सकेनन्। यस्तै भारत बिरुद्धको एक दिवसीय खेलमा सानदार प्रदर्शन गरेका एष्टन टर्नर र ओपनिंग बिकल्पका रुपमा रहेका डार्सी शर्ट समेत टोलीमा ट्न सकेनन्।

विश्वकप क्रिकेट २०१९ आगामी मे ३० तारिकबाट इंग्ल्याण्ड तथा वेल्समा सुरुहुँदै छ। प्रतियोगिता अन्तर्गत अष्ट्रेलियाले आफ्नो पहिलो खेल जुन १ मा अफगानिस्तान बिरुद्ध खेल्ने छ।

यस्तै केहि दिनअघि मात्र न्युजील्याण्डले समेत विश्वकप खेल्ने टोलीको घोषणा गरेको थियो। उसको टोलीमा कप्तान केन विलियम्सनसंगै, टोम ब्लुण्डेल, ट्रेन्ट बोल्ट, कोलिन डी ग्राण्डहोम, ल्युक फर्गुसन, मार्टिन गप्तिल, म्याट हेनरी, टोम लाथम, कोलिन मुन्रो, जिम्मी निशम, हेनरी निकोलस, मिचेल स्यान्टनर, इश सोढी, टिम साउदी र रोस टेलर रहेका छन्।

भारत र न्युजिल्याण्डले पनि विश्वकप खेल्ने टिमको घोषणा गरेको छ :-

न्युजिल्यान्ड टिम :- केन विलियम्सन (कप्तान), टोम ब्लुण्डेल, ट्रेन्ट बोल्ट, कोलिन डी ग्राण्डहोम, ल्युक फर्गुसन, मार्टिन गप्तिल, म्याट हेनरी, टोम लाथम, कोलिन मुन्रो, जिम्मी निशम, हेनरी निकोलस, मिचेल स्यान्टनर, इश सोढी, टिम साउदी, रोस टेलर

भारत टिम :- रोहित शर्मा, शिखर धवन, केएल राहुल, केदार जाधव, एमएस धोनी, दिनेश कार्तिक, विजय शंकर, हार्दिक पान्ड्या, रबिन्द्र जडेजा, कुलदिप यादव, युज्भेन्द्र चहल, भुवनेश्वर कुमार, मोहम्मद शामी र जस्प्रित बुम्राह

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy