अष्ट्रेलियाले घोषणा गर्यो विश्वकप खेल्ने टोली, स्मिथ र वार्नरको पुनरागमन

  • विकेटनेपाल – २ बैशाख, सोमबार

सन् २०१९ को एक दिवसीय विश्वकप क्रिकेट सुरुहुन केहिदिन मात्र बाँकी रहंदा साबिक बिजेता अष्ट्रेलियाले विश्वकप खेल्ने १५ सदस्यीय टोली सार्वजनिक गरेको छ। टोलीमा स्टिभ स्मिथ र डेभिड वार्नरले पुनरागमन गरेका छन्।

पछिल्लो बर्ष दक्षिण अफ्रिका बिरुद्धको टेस्टका क्रममा बल टेम्परिंग गरेको आरोपमा स्मिथ र वार्नरलाई अष्ट्रेलियन क्रिकेट बोर्डले एक बर्षको प्रतिबन्ध लागाएको थियो। अघिल्लो महिना प्रतिबन्धको समय सकिएपछी दुबै खेलाडी यतिबेला इन्डियन प्रिमियर लिग ( आइपिएल ) क्रिकेट खेलिरहेका छन्।

अष्ट्रेलियाको कप्तानी सम्हालेका स्टिभ स्मिथको टोलीमा पुनरागमन भएपनि विश्वकपमा अष्ट्रेलियाको कप्तानी भने एरन फिंचले सम्हाल्ने छन्। सोमबार बिहान घोषित अष्ट्रेलियन टोलीमा कप्तान फिंचसंगै जेसन बेरेनड्रफ, एलेक्स केरी, नेथन कुल्टर नाइल, प्याट कमिन्स, उश्मान ख्वाजा, नेथन लायन, शन मार्श, ग्लेन म्याक्स्वेल, झाए रिचार्डसन्, स्टिभ स्मिथ, मिचल स्टार्क, मार्कस स्टोइनिस, डेभिड वार्नर र एडम जाम्पा रहेका छन्।

Australian Squad
Australian Squad

यसअघि अष्ट्रेलियन टोलीमा रहँदै आएका पिटर ह्यान्ड्सकम्ब, मिचल मार्श, जस् हेजलवुड, केन रिचार्डसनले विश्वकप खेल्ने १५ सदस्यीय टोलीमा स्थान बनाउन सकेनन्। यस्तै भारत बिरुद्धको एक दिवसीय खेलमा सानदार प्रदर्शन गरेका एष्टन टर्नर र ओपनिंग बिकल्पका रुपमा रहेका डार्सी शर्ट समेत टोलीमा ट्न सकेनन्।

विश्वकप क्रिकेट २०१९ आगामी मे ३० तारिकबाट इंग्ल्याण्ड तथा वेल्समा सुरुहुँदै छ। प्रतियोगिता अन्तर्गत अष्ट्रेलियाले आफ्नो पहिलो खेल जुन १ मा अफगानिस्तान बिरुद्ध खेल्ने छ।

यस्तै केहि दिनअघि मात्र न्युजील्याण्डले समेत विश्वकप खेल्ने टोलीको घोषणा गरेको थियो। उसको टोलीमा कप्तान केन विलियम्सनसंगै, टोम ब्लुण्डेल, ट्रेन्ट बोल्ट, कोलिन डी ग्राण्डहोम, ल्युक फर्गुसन, मार्टिन गप्तिल, म्याट हेनरी, टोम लाथम, कोलिन मुन्रो, जिम्मी निशम, हेनरी निकोलस, मिचेल स्यान्टनर, इश सोढी, टिम साउदी र रोस टेलर रहेका छन्।

भारत र न्युजिल्याण्डले पनि विश्वकप खेल्ने टिमको घोषणा गरेको छ :-

न्युजिल्यान्ड टिम :- केन विलियम्सन (कप्तान), टोम ब्लुण्डेल, ट्रेन्ट बोल्ट, कोलिन डी ग्राण्डहोम, ल्युक फर्गुसन, मार्टिन गप्तिल, म्याट हेनरी, टोम लाथम, कोलिन मुन्रो, जिम्मी निशम, हेनरी निकोलस, मिचेल स्यान्टनर, इश सोढी, टिम साउदी, रोस टेलर

भारत टिम :- रोहित शर्मा, शिखर धवन, केएल राहुल, केदार जाधव, एमएस धोनी, दिनेश कार्तिक, विजय शंकर, हार्दिक पान्ड्या, रबिन्द्र जडेजा, कुलदिप यादव, युज्भेन्द्र चहल, भुवनेश्वर कुमार, मोहम्मद शामी र जस्प्रित बुम्राह





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]