टेस्ट जोगाउन अस्ट्रेलियाको संघर्ष, ३१ वर्ष पछि घरमा फलो-अनमा

  • विकेटनेपाल, पुष-२२ , आइतबार 

भारत र अस्ट्रेलिया बीच जारि चौथो टेस्टको चौथो दिन समाप्तिमा अस्ट्रेलिया टेस्ट जोगाउन संघर्ष गरिरहेको छ।

भारतले टस जितेर ब्याटिंग गर्दै ६२२/७ को योगफलमा इनिंग घोषणा गरेपछि ब्याटिंग गरेको अस्ट्रेलियाले आफ्नो पहिलो इनिंगमा ३०० रनमा सबै विकेट गुमाएपछि भारतले फलो अन दिएको छ।

पहिलो इनिंगमा ३२२ रनले पछि परेको अस्ट्रेलियाले फलो-अन पछि ब्याटिंग गर्दै विकेट नगुमाई ६ रन बनाउदा चौथो दिनको खेल खराब प्रकासको कारण सकिएको छ। अन्तिम दिनको खेल बाँकी रहंदा अस्ट्रेलिया भारतको पहिलो इनिंगको योगफल भन्दा अझै ३१६ रनले पछि रहेको छ।

१९८८ पछि पहिलो पटक अस्ट्रेलिया फलो-अनमा 

सन् १९८८ पछि अस्ट्रेलिया आफ्नै घरमा पहिलो पटक अस्ट्रेलियालाई कुनै टिमले फलो-अन दिएको हो।

टेस्ट क्रिकेटमा पहिले इनिंगमा ब्याटिंग गर्ने टिमले बनाएको योगफल पछि दोश्रो टिमले ब्याटिंग गर्ने क्रममा २०० रन वा बढीले पछि परेको खण्डमा पहिलो ब्याटिंग गर्ने टिमले दोश्रो टिमलाई फेरी ब्याटिंग गर्न बोलाउन पाउछ जसलाई फलो-अन ( नेपालीमा अझै पछ्याउ ) भनेर भनिन्छ।

अस्ट्रेलिया पछिल्लो पटक सन् १९८८ मा इंग्ल्याण्डसंग सिड्नी क्रिकेट मैदानमा फलो अनमा परेको थियो। यस क्रममा अस्ट्रेलियाले १७२ टेस्ट फलो-अनमा नपरी खेलेको छ। भारतले टेस्ट क्रिकेट इतिहासमा अस्ट्रेलियालाई ४ पटक मात्र फलो-अन दिएको छ। सन् २००५ पछि पहिलो पटक अस्ट्रेलिया फलो-अनमा परेको थियो।

कुलदिप यादबको रेकर्ड 

अस्ट्रेलियालाई पहिलो इनिंगमा ३०० रनमा रोक्न कुलदिप यादबले ९९ रन खर्चेर ५ विकेट लिए जुन अस्ट्रेलियामा कुनै पनि रिस्ट स्पिनरले ५ विकेट लिएको दोश्रो अवसर हो। कुलदिपले टेस्ट क्रिकेटमा दोश्रो पटक ५ विकेट लिएका छन्।

अस्ट्रेलियालाई ३०० मा सिमित गर्न मोहम्मद शमि र रभिन्द्र जडेजाले २/२ विकेट तथा जस्प्रित बुम्राहले १ विकेट लिए।

यस अघि भारतले पहिले ब्याटिंग गर्ने क्रममा चेतेश्वर पुजाराले १९३ तथा रिशभ पन्तले १५९ रन बनाएका थिए।

४ टेस्टको सिरिज अन्तर्गत भारत २-१ ले अघि रहेको छ। भारत पहिलो पटक अष्ट्रेलियामा सिरिज जित्ने लक्ष्यका साथ खेलिरहेको छ। उता घरेलु टोली अष्ट्रेलियालाई सिरिज जोगाउन पनि चौथो टेष्ट जित्न पर्ने बाध्यता छ।





थप समाचार

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी […]