रामसुरतको शानदार अलराउण्ड प्रदर्शनमा अभानी विजयी

कुल ४० वटा छक्का प्रहार भएको अत्यन्त रोमान्चक खेलमा मिलर्स एघारलाई ४ रनले पराजित गर्दै आयोजक टिम अभानी क्रिकेट क्लबले अभानी प्रिमियर लिग टि-ट्वान्टी सिजन-२ मा पहिलो जित दर्ता गरेको छ।

अस्ट्रेलियाको न्यु साउथ वेल्स, सिड्नी स्थित प्रोस्पेक्ट पार्कमा अभानीले दिएको २४२ रनको विशाल लक्ष्य पछ्याएको मिलर्स एघारले पुरै २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट क्षेतीमा २३७ रन बनाएपछि थोरै अन्तरको हार बेहोर्यो। अन्तिम ओभरमा जितको लागि १७ रन आवस्यक हुँदा बलिंग गर्न आएका अभानीका प्रदिप ऐरीले १२ रन मात्र खर्चिएपछि अभानीको जित सम्भव भएको थियो।

लक्ष्य पछ्याउने क्रममा मिलर्स एघारको लागी सथिश सथानान्थमले सर्वाधिक ५१ रन बनाए। विनुसन जोसेफले ३५, सुगी जीवन र मयुरन मोहनले ३० रन बनाएता पनि जित्न पर्याप्त रहेन।

अभानीको बलिंगमा रामसुरत यादवले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २५ रन खर्चिए। मदन लामा तामांग, माधव प्रसाई र संजय पाण्डेले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको अभानीले २० ओभरमा २ विकेट गुमाएर २४१ रनको योगफल तयार गरेको थियो।

अभानीको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका मदन लामा तामांगले सर्वाधिक ८९ रन बनाए जुन क्रममा अविजित रहँदै उनले ३४ बलमा ५ चौका र ९ छक्का प्रहार गरे। यस्तै चौंथो नम्बरमा ब्याटिंग गरेका रामसुरत यादवले अविजित ७३ रन बनाए जुन क्रममा ३१ बलमा १ चौका र १० छक्का प्रहार गरे। नेपाली राष्ट्रिय क्रिकेटर समेत रहेका ओपनरद्वय प्रदिप ऐरीले ३९ तथा साई दिलिप रचाले ३२ रन बनाए। तेश्रो विकेटको लागि तामांग यादवले अविजित १३३ रनको साझेदारी गरे।

अलराउण्ड प्रदर्शन गरेका रामसुरत यादव प्लेयर अफ द म्याच घोषित भए।

लिग अंकतलिकाको समुह ‘ए’ मा रहेको अभानी ३ खेलमा १ जित र २ हार पछि सातौं स्थानमा छ। समान नतिजा पछि नेट रन रेटमा अघि रहेको मिलर्स एघार पाँचौ स्थानमा छ। सिड्नी स्करपियन्स ५ खेलमा ३ जित र १ हार पछि ७ अंक सहित शिर्ष स्थानमा छ।

१६ टिम सहभागी लिगको विजेताले ८ हजार अस्ट्रेलियन डलर पुरस्कार प्राप्त गर्नेछ। रनर अप टिमले ३ हजार डलर तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५० अस्ट्रेलियन डलर प्राप्त गर्नेछ।

 





थप समाचार

हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द, नेपाल सुपर थ्रीमा

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्रीमा प्रवेश गरेको छ। शुक्रबार तय भएको हङकङ र बहराइनबीचको खेल […]

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]