काठमाडौं । अभानी कप २०२४ प्रतियोगिताको पहिलो दिनको खेलमा अभानी क्रिकेट क्लब र एक्स्ट्राटेक क्रिकेट क्लब विजयी भएका छन् ।
अभानी क्रिकेट क्लबले कंगारु क्रिकेट क्लबलाई ४७ रनले पराजित गरेको छ । उता, एक्स्ट्राटेकले द खुकुरी रोयल क्लबलाई ४ विकेटले पराजित गरेको छ ।
सिड्नीमा भएको खेलमा पहिले ब्याटिङ गरेको अभानीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।
अभानीका लागि रितिकले अविजित ४२ तथा योगेन्द्र कार्कीले २२ बलमा २७ रन बनाए ।
कंगारुका लागि विशाल गजुरेलले २ तथा कप्तान अमित शर्मा, सुमन तिमल्सिना, सोनु खत्री, रोजल रावतले समान १ विकेट लिएका थिए ।
१ सय ५७ रनको लक्ष्य पछ्याएको कंगारुले १९ दशमलब १ ओभरमा अल आउट हुदै १ सय ९ रन मात्र बनायो ।
कंगारुका लागि सुरज पौडेलले ४९ तथा सुशिल श्रेष्ठले १६ रन बनाए ।
अभानीका लागि रितिक, योगेन्द्र कार्की र सचिन श्रेष्ठले समान २ विकेट लिए ।
अर्को खेलमा पहिले ब्याटिङ गरेको द रोयल खुकुरीले १८ दशमलब १ ओभरमा ९३ रन बनाउँदै अल आउट भयो ।
खुकुरीका लागि कप्तान पियुष गौतमले ३६ बलमा ३४ तथा सागर थापाले २२ बलमा १५ रन बनाए ।
एक्स्ट्राटेकका लागि भुमिराजले ३ तथा सुरज तिवारीले २ विकेट लिए ।
९४ रनको लक्ष्य एक्स्ट्राटेकले १९ दशमलब २ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
एक्स्ट्राटेकका लागि विक्रम उपाध्यायले २० तथा नितिश सिंहले अविजित १७ रन बनाए । कप्तान सुशोवित गिरीले १६ तथा कृष्न तिवारीले १४ रन बनाए ।
द रोयलका खुकुरीका लागि सविन पौडेलले २ तथा कप्तान पियुष गौतम, सागर थापा र शुलभ रावतले समान १ विकेट लिए ।

