शुभ चम्किंदा अभानीको दोश्रो जित

२०८० पुष २, सोमबार २२:४३

बर्दियाको गुलरियामा जारि स्वर्गीय अजय मेमोरियल टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न खेलमा रीयल इस्टेट क्रिकेट क्लबले लम्कीचुहा क्रिकेट क्लबलाई ९ विकेटले सहजै पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गरेको छ।

समुह ‘डी’ अन्तर्गतको खेलमा लम्कीचुहाले दिएको ८६ रनको लक्ष्य अभानीले मात्र ६.१ ओभरमा १ विकेट गुमाएर भेटायो।

अभानीको लागि ओपनर शुभ कंसाकारले आक्रामक अर्धशतक बनाए। प्लेयर अफ द म्याच घोषित कंसाकारले मात्र २३ बलमा ४ चौका र ५ छक्का मद्दतले अविजित ५५ रन बनाए। बिपिन बिक्रम शाहीले १३ तथा सुमित महर्जनले अविजित १५ रन बनाए।

यस अघि टस जितेर ब्याटिंग गरेको लम्कीचुहाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८५ रन बनायो। उसको लागि म्याट्रिक्स थापाले सर्वाधिक ३८ रन योगदान दिए जुन क्रममा ४० बलमा ३ चौका प्रहार गरे। भुपेन्द्र शाहीले १७ तथा कबि बमले अविजित १० रन बनाए।

अभानीको बलिंगमा बिशाल पटेलले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २० रन खर्चिए। सुमित महर्जन र रिजन ढकालले २/२ विकेट लिए।

बर्दिया क्रिकेट एकेडेमीले आयोजना गरेको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy