आर्मी बन्ने सपना देखेका अबिनास राष्ट्रिय टिममा परेपछि

Avinash Bohara
  • विकेटनेपाल, माघ-७ , सोमबार – काठमाडौँ 

एउटा खेलाडी, सामान्यतया सबैले सोच्न सक्छन् उसको सपना खेलाडी नै बन्ने थियो होला। तर सबै खेलाडीको बिगत त्यो हुदैन। भर्खरै युएई बिरुद्ध टि-२० र एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पहिलो पटक परेका बलर अबिनाश बोहराको क्रिकेट जीवन पनि यस्तै छ।

उनको सपना सानोमा आर्मी बन्ने थियो। तर कक्षा आठमा पढ्दै गर्दा उनले जिल्ला स्तरीय खेलमा खेल्ने मौका पाए। नेपालगंज जिल्लाको टिमबाट उनले क्रिकेट खेले। उनले खेलका दुई खेलमा ९ विकेट लिन सफल भए।

अबिनास भन्छन्- ‘मैले सानोमा आर्मी बनेर बन्दुक बोक्ने सपना देखेको थिए। अब बल समाएर क्रिकेट खेल्दैछु।’

यति सानो समयमा नेपाली राष्ट्रिय टोलीमा पर्न पाउनु आफ्नो लागि ठुलो कुरा रहेको अबिनासले बताए-

‘मलाई यति चाडै नेपाली राष्ट्रिय टोलीले विश्वास गरेकोमा धेरै खुसी लागेको छ। मलाई शुरुमा अचम्म लाग्यो कि यति ठुलो अवसर हात पर्‍यो। ईपीएलमा गरेको प्रदर्शन र क्याम्पमा भएको मेरो प्रदर्शन हेरेर म टिममा पर्छु जस्तो पनि लागेको थियो।’

‘म एकदमै खुसि छु, मैले मेरो देशको राष्ट्रिय टोलीलाई नेतृत्व गर्ने अवसर पाएको छु र म यसलाई खेर जान दिने छैन्।’

Avinash Bohara
Avinash Bohara ( Photo – Sakush KC / WicketNepal ) 

त्यतिनै बेला उनको दिमागमा एक अर्को सपना जाग्यो। सपना थियो उनले क्रिकेटमा नै आफुलाई राम्रो बनाउन सक्छन्। २०७१ सालबाट उत्कृष्ट शुरुवात भएको उनको क्रिकेट यात्रा यु–१९ क्रिकेट टोलीमा छनोट नहुनु देखि लिएर नेपालका डोमेस्टिक लिगहरुमा उत्कृष्ट प्रदर्शन गर्नुसम्म रहन गयो।

२१ वर्षीय अबिनास नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि एक नयाँ आशाका बिन्दु हुन्। अबको केहि दिन पछिनै नेपालले युएईसंग एकदिवसीय र टि–२० सिरिज खेल्दैछ। उक्त सिरिजमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै नेपाली क्रिकेट टोलीलाई अग्रस्थानमा ल्याउने उनको सपना छ। पहिलो पटक नेपाली टोलीमा पर्नु आफ्नो लागि अवशर र चुनौती दुबै भएको अविनाश बताउछन्-

‘मेरो एक मात्र सपना हो मेरो देशको नाम बिश्व सामु उच्च राख्ने अव त्यहि कोशिसमा लागि राख्ने छु।’ अबिनासको सबै भन्दा ठुलो सपना नेपाललाई विश्वकप जिताउनु हो।

‘मेरो करियरको मुख्य लक्ष्य नै नेपाललाई विश्वकप जिताउनु हो।’

Avinash Bohara
Avinash Bohara bowling action during Everest Premier League 2016

अबिनासले क्रिकेट खेल्न थालेको ५ बर्ष भयो। यो ५ बर्षे क्रिकेट यात्रामा उनले नेपाली राष्ट्रिय टोलीका पारस खड्कालाई धेरै पछ्याए । अबिनास आफ्नो क्रिकेट यात्रामा सफलतापछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य शरद भेषवाकर, बसन्त रेग्मी, पुर्व खेलाडी शक्ति गौचन र पारस खड्काको निकै ठुलो भुमिका रहेको बताए।

एक दिवसीय मान्यता पाईसकेको नेपाली राष्ट्रिय क्रिकेट टोलीमा एकै चोटी चार जना युवा खेलाडीले अवसर पाउनु ठुलो कुरा भएको अबिनासलाई लाग्छ। यो अवसरलाई खेलमा उत्कृष्ट प्रदर्शन गर्दै समालेर लैजाने उनको योजना छ।

अबिनास संयुक्त अरब एमिरेट्स (यूएई) सँग हुने ३ एकदिवसीय अन्तराष्ट्रिय (ओडीआई) र ३ ट्वान्टी–२० अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि एकदमै उत्साहित छन्। अब हुने यो दुबै प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने उनको मुख्य लक्ष्य छ।

युएई सिरिजको लागि नेपालको टिम – पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उप-कप्तान), अभिनाश बोहरा, बसन्त रेग्मी, भिम शार्की, बिनोद भण्डारी (विकेट किपर), दिपेन्द्र ऐरी, करण केसी, ललित राजबंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहित पौडेल, सन्दिप लामिछाने, सोमपाल कामी, सन्दिप जोहरा

सिरिज अन्तर्गत नेपालले पहिलो एकदिवसीय जनवरी २५ , दोश्रो २६ र तेश्रो २८ तारिकमा खेल्नेछ। ३ वटै एकदिवसीय खेलहरु युएईको स्थानीय समय अनुसार ९:३० बजे अर्थात नेपाली समय ११:१५ बजे सुरु हुनेछ। एक दिवसीय सिरिज पछि टि-२० सिरिजको पहिलो खेल जनवरी ३१, दोश्रो फेब्रुअरी १ तथा तेश्रो फेब्रुअरी ३ तारिकमा खेलिनेछ। सबै टि-२० खेलहरु युएई स्थानीय समय दिउसो १ बजे अर्थात् नेपाली समय २:४५ बजे दिउसो सुरु हुनेछ।

 





थप समाचार

अर्जुन ट्रफीको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरमाथि आर्मीको जित

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई […]

केसीए यु–१४ क्रिकेट शुक्रबारदेखि, बिजेतालाई ५० हजार

काठमाडौँ । काठमाडौँ क्रिकेट एकेडेमीको आयोजनामा हुने केसिए यु–१४ क्रिकेट प्रतियोगिता शुक्रबार ११ गतेदेखि २२ गतेसम्म हुने भएको छ। प्रतियोगितामा […]

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]