अभिनाश बोहरा प्रतियोगिताकै उत्कृस्ट खेलाडी, कायम गरे २ ठुलो किर्तिमान

Avinash Bohara
  • विकेटनेपाल, माघ-२० , आइतबार 

युएई र नेपाल बीच सिरिज अघिसम्म अपरिचित जस्ता बलर अभिनाश बोहराले पहिलो सिरिजमै आफूमाथि देखाएको भरोसामा खरो उत्रिएका छन्।

एभरेस्ट प्रिमियर लिगमा कसिलो डेथ ओभर बलिङ्गको कारण प्रभावित बनाएका अविनासले उक्त क्षमता राष्ट्रिय टिमसम्म पनि निडर भएर प्रस्तुत गरेका छन्।

एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा बेञ्चबाटै खेल हेरेका अभिनाशले टि-२० सिरिजको पहिलो खेलमा डेब्यु गर्ने पाए। पहिलो खेलमा ३६ रन खर्चेर १ विकेट लिएका अभिनाशले दोश्रो खेलमा मात्र २० रन खर्चेर ३ विकेट लिंदै आफुलाई टि-२० फर्म्याटमा अब्बल सावित गरे। तेश्रो टि-२० मा पनि आफ्नो सोहि परिचयलाई दोहोर्याउने क्रममा दबाबले भरिएको खेलमा २ विकेट लिएका बोहरा प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका छन्।

राष्ट्रिय टिमको लागि खेलेको पहिलो सिरिजमै २१ वर्षीय बलरले ठुला खेलाडीहरुलाई पछि पार्दै उत्कृस्ट चुनिएका हुन्। तिब्र गति बलर बोहरा टि-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालको लागि प्लेयर अफ द सिरिज हुने पहिलो खेलाडी बनेका छन् र डेब्युमै उक्त किर्तिमान बनाउने खेलाडी समेत बन्न पुगेका छन्।

यस्तो थियो तेश्रो खेलमा अभिनाशको प्रदर्शन 

सिरिजको निर्णायक अन्तिम टि-२० मा अभिनाशले २ ओभरमा मात्र १६ रन खर्चेर २ विकेट लिए। यस क्रममा उनले विस्फोटक ब्याटिंग गरिरहेका ओपनर घुलाम शब्बिरलाई बोल्ड गरे। शब्बिरले १५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २५ रन बनाईसकेका थिए र नेपालको जितमा तगारो बनिरहेका थिए। त्यतिमै अभिनाश रोकिएनन् र मोहम्मत बुतालाई ११ रनको व्यक्तिगत योगफलमा आउट गर्दै जितमा महत्वपूर्ण योगदान दिएका थिए।

Avinash Bohara
Avinash Bohara ( Photo – BBC )

पहिलो ओभर – ७ रन १ विकेट ( २ , ४ , ० , विकेट , १ रन , डट बल ) 

अभिनाशले खेलमा आफ्नो पहिलो ओभर पाँचौ ओभरमा गरेका थिए जुन क्रममा ७ रन मात्र खर्चेर शब्बिरको विकेट लिएका थिए। ओभरको दोश्रो बलमा शब्बिरले उनलाई चौका प्रहार गरेका थिए।

दोश्रो ओभर – ९ रन १ विकेट ( २ , ४ , डट बल, २ रन , विकेट , १ रन ) 

युएईलाई जितको लागि १२ बलमा २९ रन आवस्यक थियो र साथमा थियो ५ विकेट। मोहम्मत बुता नेपालको लागि खतरनाक हुन सक्थे। ओभरको दोश्रो बलमा चौका प्रहार गर्दै बुताले त्यसको संकेत पनि गरे। ओभरको तेश्रो बलमा डट र चौथो बलमा २ रन दिएपछि पाँचौ बलमा आक्रामक सट प्रहार गर्ने क्रममा बुता ज्ञानेन्द्र मल्लबाट लंग अनमा समातिन पुगे। ओभरमा मात्र ९ रन खर्चेर १ विकेट लिंदा युएईलाई अन्तिम ओभरमा जितको लागि २० रन आवस्यक थियो जुन ओभर नेपालको जितमा अत्यन्त महत्वपूर्ण सावित भयो।

अभिनाशको २ ठुलो किर्तिमान :- 

एकै प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने नेपाली बलर :-

एकै टि-२० अन्तर्राष्ट्रिय प्रतियोगिता र सिरिजमा सबैभन्दा धेरै विकेट लिने नेपाली बलर बन्ने सौभाग्य समेत अभिनाशले पाएका छन्। ३ खेलमा ६ विकेट लिंदै अभिनाशले रेकर्ड कायम गरेका हुन्।

Avinash Bohara
Avinash Bohara

युएईसंग जारि सिरिजमा सन्दिप लामिछानेले ५ विकेट लिएका छन् भने बसन्त रेग्मीले सन् २०१५ को नेदरल्याण्डसंग टि-२० सिरिज तथा २०१४ टि-२० बिश्वकपमा समान ५ विकेट लिएका थिए।रेग्मीले सन् २०१५ टि-२० बिश्व कप छनौटमा पनि ५ विकेट लिएका थिए। यस्तै शक्ति गौचनले पनि सन् २०१४ टि-२० बिश्वकपमा ५ विकेटनै लिएका थिए।

पहिलो प्रतियोगितामानै बोहराले ठुलो रेकर्ड आफ्नो नाम गरेका हुन्।

सबैभन्दा उत्कृस्ट स्ट्राईक रेट :- 

३ टि-२० को सिरिज पछि अभिनाश बोहरा नेपाली टि-२० अन्तर्रराष्ट्रिय खेलाडी मध्ये सबैभन्दा राम्रो स्ट्राईक रेट भएका बलर बनेका छन्। ३ खेलमा १० ओभर बलिङ्ग गरेर ७२ रन दिंदै ६ विकेट लिएका बोहराको स्ट्राईक रेट १०.० रहेको छ। अर्थात् हरेक १० बलमा अभिनाश एउटा विकेट लिने गर्छन्।

यो स्ट्राईक रेट जितेन्द्र मुखिया र बसन्त रेग्मीको १५.०० भन्दा उत्कृस्ट हो। सन् २०१४ को टि-२० बिश्व कपको ४ खेलमा मुखियाले १० ओभर बलिङ्ग गर्दै ५६ रन दिएर ४ विकेट लिएका थिए। बसन्त रेग्मीले पनि १३ खेलमा ४५.१ ओभर बलिङ्ग गर्दा २८० रन दिएर १५.०० को स्ट्राईक रेटमा १८ विकेट लिएका छन्। चौथो स्थानमा रहेका सन्दिपको १६.८, पाँचौ स्थानमा रहेका करन केसीको १७.३ तथा छैठौं स्थानमा रहेका सोमपालको १८.० स्ट्राईक रेट रहेको छ।

यो पनि पढ्नुस -आर्मी बन्ने सपना देखेका अबिनास राष्ट्रिय टिममा परेपछि

अविनाश बोहराले एभरेस्ट प्रिमियर लिगमा शरद कप्तानीको भैरहवा ग्ल्याडीएटर्सको प्रतिनिधित्व गरेका थिए। प्रतियोगितामा कुल ७ विकेट लिएका दायाँ हाते पेस बलर बोहराले किफायती बलिङ्ग तथा बिशेष गरि डेथ ओभरमा कन्जुस बलरको परिचय बनाएका थिए। त्यसै प्रदर्सनको आधारमा उनलाई राष्ट्रिय टिममा स्थान दिईएको थियो।

 

 





थप समाचार

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]

लुम्बिनीविरुद्ध आर्मीको सहज जित, फाइनल प्रवेशकाे सम्भावना बलियाे

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १३१ रनले पराजित गरेको […]

आईपीएल : हैदरावाद र राजस्थान तथा चेन्नई र मुम्बई भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदै छ। आज हुने पहिलाे खेल सनराइजर्स हैदरावाद र राजस्थान […]

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]