कप्तान आजमको उत्कृष्ट पारीमा पाकिस्तानको सहज जित

२०७७ कार्तिक २२, शनिबार १९:५२

जिम्बाब्वे र पाकिस्तानबीच ३ खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत शनिवार सम्पन्न पहिलो खेलमा घरेलु टोलि पाकिस्तानले जिम्बाब्वेमाथि ६ विकेटको जित दर्ता गर्दै सिरिजमा अग्रता लिएको छ।

कप्तान बाबर आजमले उत्कृस्ट ब्याटिंग गर्दा रावलपिण्डि क्रिकेट स्टेडियममा जिम्बाब्वेले दिएको १५७ रनको लक्ष्य पाकिस्तानले  १८.५ ओभरमा ४ विकेट गुमाएर भेटायो।

पाकिस्तानको लागि कप्तान आजमले सर्वाधिक ८२ रन बनाए जुन क्रममा ५५ बलमा ९ चौका र १ छक्का प्रहार गरे। मोहम्मद हफिजले ३६ तथा फखर जमानले १९ रन बनाए। ओपनर आजमले ६२/२ को अवस्थाबाट तेश्रो विकेटको लागि मोहम्मद हफिजसंग ८० रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए।

जिम्बाब्वेको बलिंगमा ब्लेसिंग मुजाराबानिले २ विकेट तथा टेण्डाइ चतरा र रिचर्ड नगराभाले समान १ विकेट लिए।

आजम र हफिजले उत्कृस्ट साझेदारी गरे

जिम्बाब्वेको ब्याटिंग

यस अघि टस जितेर पहिले ब्याटिंग रोजेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १५६ रन बनाएको थियो।

जिम्बाब्वेको लागि वेसले मधिभिरेले अविजित इनिंग खेल्ने क्रममा सर्वाधिक ७० रन बनाएका थिए जुन क्रममा ४८ बलमा ९ चौका र १ छक्का प्रहार गरे। सिन विलियम्सले २५, एल्टन चिगुम्बुराले २१, ब्रेण्डन टेलरले २० रन बनाए।

पाँचौ ओभरमा ब्याटिंग गर्न आएका मधिभिरेले अर्को किनारमा विकेट गुमेता पनि अन्तिमसम्म ब्याटिंग गर्दै जिम्मेवार ब्याटिंग गरेका थिए।

पाकिस्तानको बलिंगतर्फ हरिश राउफ र वहाव रियाजले २ विकेट लिए। यस्तै, उस्मान कादिर र मोहम्मद हसनेनले समान १-१ विकेट हात पारे।

सिरिज अन्तर्गत दोश्रो टि-२० भोलि आइतबार रावलपिण्डीमानै खेलिनेछ भने तेश्रो टि-२० मंगलबार खेलिनेछ। यस अघि पाकिस्तानले ३ खेलको एक दिवसीय शृंखला २-१ ले जितेको थियो।

https://wicketnepal.com/can-bargikaran-sachyayo-wn20/

https://wicketnepal.com/warner-out-decisions-com-birodh-wn20/

https://wicketnepal.com/gambhir-on-kohli-failure-ipl-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy