पाकिस्तानको जितमा बाबर आजमको विस्फोटक शतक

पाकिस्तानको दक्षिण अफ्रीका भ्रमण अन्तर्गत चार वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत तेश्रो टि-२० जित्दै पाकिस्तानले सिरिजमा २-१ को अग्रता हाँसिल गरेको छ। सिरिज अन्तर्गत पहिलो खेल पाकिस्तानले ४ विकेटले तथा दोश्रो खेल दक्षिण अफ्रीकाले ६ विकेटले जितेको थियो।

सेन्चुरियन स्थित सुपरस्पोर्ट्स पार्कमा सम्पन्न खेलमा दक्षिण अफ्रीकाले दिएको २०४ रनको लक्ष्य पाकिस्तानले २ ओभर बाँकी छदै मात्र १ विकेट गुमाएर पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा पाकिस्तान ओपनर मोहम्मद रिजवान र कप्तान बाबर आजमले १९७ रनको ओपनिंग साझेदारी गर्दै टिमलाई सहज जिततर्फ डोर्याए। १८ औं ओभरमा लिजाड विलियम्सबाट क्याच आउट हुनु अघि आजमले मात्र ५९ बलमा १५ चौका र ४ छक्का प्रहार गर्दै १२२ रन बनाए। मोहम्मद रिजवानले अविजित ७३ रन बनाए जुन क्रममा ४७ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

बाबर आजमले मात्र ४९ बलमा आफ्नो पहिलो टि-२० अन्तर्राष्ट्रिय शतक पुरा गरेका थिए।

यस अघि टस हारेर ब्याटिंग गरेको दक्षिण अफ्रीकाले निर्धारित २० ओभरमा ५ विकेट क्षेतीमा २०३ रन बनाएको थियो।

दक्षिण अफ्रीकाको लागि ओपनर एडेन मारक्रमले सर्वाधिक ६३ रन बनाए जुन क्रममा मात्र ३१ बलमा ६ चौका र ३ छक्का प्रहर गरे। जानेमन मलानले ५० बलमा ५ चौका र २ छक्का मद्दतले ५५ रन बनाए। भान डर डुसेनले अविजित ३४ रन, जर्ज लिंडेले २२ रन योगदान दिए।

मलान र मारक्रमले १०८ रनको ओपनिंग साझेदारी गर्दै घरेलु टोलिलाई उत्कृस्ट सुरुवात दिलाएका थिए।

पाकिस्तानको बलिंगमा मोहम्मद नवाजले २ विकेट तथा शाहिन अफ्रिदी, हसन अलि र फहीम अश्रफले समान १ विकेट लिए।

सिरिज अन्तर्गत चौथो खेल अप्रिल १६ तारिख शुक्रबार खेलिनेछ।

यो पनि पढ्नुस 

त्रिकोणात्मक सिरिजको लागि नेपाली टोलिको घोषणा, को परे को परेनन्

क्यानले थाल्यो नामिबियासंग एकदिवसीय सिरिजको तयारी





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]