“मेरो लक्ष्य विश्वकै सर्वश्रेष्ठ खेलाडी बन्नु हो” बाबर आजम

पाकिस्तानी ब्याट्सम्यान बाबर आजमले विश्वकै सर्वश्रेष्ठ ब्याट्सम्यान बन्ने चाहना रहेको बताएका छन्।

जारि विश्वकपमा न्युजिल्याण्डको जित यात्रा अन्त्य गर्दै विश्वकप सेमीफाइनलमा पाकिस्तानले आफ्नो दावेदारी प्रस्तुत गरेको छ। न्युजिल्याण्डलाई ६ विकेटले पराजित गर्ने क्रममा पाकिस्तानले २३८ रनको लक्ष्य पछ्याएको थियो। यस क्रममा दायाँ हाते ब्याट्सम्यान आजमले तेश्रो नम्बरमा ब्याटिंग गर्दै अविजित १०१ रन बनाएका थिए।

“मेरो लक्ष्य विश्वकै सर्वश्रेष्ठ खेलाडी बन्नु हो। म हरेक म्याचमा आफ्नो शत प्रतिशत दिने प्रयास गर्छु”

“म भन्न सक्छु कि यो मेरो करियरको उत्कृस्ट इनिंग मध्येको एउटा हो” आजम टि-२० क्रिकेट वरियतामा नम्बर १ ब्याट्सम्यान हुन् भने एकदिवसीयमा आठौँ नम्बरमा छन्।

बाबरको लागि आफु भन्दा टिमलाई सधै माथि र आफ्नो प्रदर्शन भन्दा टिमको प्रदर्शन ठुलो रहेको छ।

“यस्तो हैन कि मलाई मात्र आफ्नो लागि प्रदर्शन गर्नुछ। मेरो लागि सबै भन्दा ठुलो कुरा मेरो प्रदर्शन भन्दा टिम जित्नु हो। यस्तो हैन कि म आफ्नो प्रदर्शन बाट खुसि हुनेछु, म तब खुसि हुन्छु जब मेरो टिम जित्छ”

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा करिब ५३ को औशतले ७० खेलमा ३०७२ रन बनाइसकेका आजमले करियरमा १० शतक बनाइसकेका छन्। पहिलो विश्वकप खेलीरहेका आजमले पाकिस्तान सेमीफाइनल पुग्नेमा विश्वास प्रकट गर्छन्।

“आत्मविश्वास महत्वपूर्ण हो। हामीलाई विश्वास छ कि आफ्नो आगामी २ खेल जित्न सक्छौ त्यसपछि बाँकी सोच्नेछौँ”

“जब हामि म्याच जितीरहेका थिएनौ तब हामीले एक-अर्कासंग कुरा गर्यौं। र हामिलाई विश्वास थियो कि हामि यस्तो गर्न सक्छौ। हाम्रो सम्पूर्ण ध्यान अब आगामी खेलमा छ।

पाकिस्तानले आगामी खेल अफगानिस्तानसंग जुन २९ तारिकमा खेल्ने तालिका रहेको छ। यस्तै लिग चरणको अन्तिम खेल बंगलादेशसंग जुलाई ५ मा खेल्नेछ।

आजमले टिममा आफ्नो भूमिका पारिलाई अन्तिमसम्म लिएर जानु रहेको बताए।

“मलाई पारिको अन्तिमसम्म ब्याटिंग गर्ने भूमिका दिईएको छ र अन्य खेलाडीहरुले मसंग ब्याटिंग गर्नुपर्नेछ। यो रणनीतिले राम्रो काम गरिरहेको छ इनाकी हफिज र त्यसपछि हरिस सोहेलले राम्रो ब्याटिंग गर्दै साझेदारी बनाए।”

हरिस सोहेलसंग आजमले चौथो विकेटको लागि १२६ रनको साझेदारी गर्दै न्युजिल्याण्डसंग जितको आधार तयार गरेका थिए।

न्युजिल्याण्डसंगको शतक पछि आजमलाई भारतीय कप्तान बिराट कोहलीसंग तुलना गरिरहेका छन्। पाकिस्तानी ब्याटिंग प्रशिक्षक ग्रान्ट फ्लावरले आजम विशेष ब्याट्सम्यान रहेको बताउछन् –

“उनि विशेष छन्। मेरो मान्यता छ कि उनि पाकिस्तानको महानतम ब्याट्सम्यानको सुचीमा सामेल हुनेछन्। उन्म धेरै भोक रहेको छ, फिट छन् र अझै युवा छन्”

“मलाई लाग्छ कि यदी उनले आफ्नो खुट्टा जमिनमै राखे भने उनको करियर निकै राम्रो हुनेछ। उनमा बिराट कोहलीको जस्तो भोक छ र मलाई विश्वास छ भविष्यमा उनको बराबरी समेत गर्न सक्नेछन्।

२५ वर्षीय आजमले सन् २०१५ मा जिम्बाबे बिरुद्ध एकदिवसीयमा पाकिस्तानको लागि डेब्यु गरेका थिए।

न्युजिल्याण्डसंगको खेलमा एकदिवसीयमा ३,००० रन पुरा गरेका आजम यो रन बनाउने विश्वकै दोश्रो छिटो क्रिकेटर समेत हुन्। मात्र ६८ इनिंगमा र डेब्यु गरेका ४ वर्ष २६ दिनमा उनले ३००० रन पुरा गरका हुन्। यो सुचीमा दक्षिण अफ्रिकी क्रिकेटर हासिम अमला पहिलो स्थानमा छन् जसले ५७ इनिंगमा उक्त रन बनाएका थिए। बिराट कोहलीले ३००० रन बनाउन ७५ इनिंग लगाएका थिए जुन यो सुचीमा दशौँ छिटो रहेका छन्।

जारि विश्वकपमा आजमले ६ खेलमा ६६.६० को औशतले ३३३ रन बनाएका छन्। धेरै रन बनाउने सुचीमा उनि छैठौं स्थानमा रहेका छन्। यस क्रममा उनले वेस्टइन्डिजसंग २२, इंग्ल्याण्डसंग ६३, अस्ट्रेलियासंग ३०, भारतसंग ४८, दक्षिण अफ्रीकासंग ६९ रन तथा न्युजिल्याण्डसंग अविजित १०१ रन बनाएका छन्।

विश्वकप क्रिकेट इतिहासमा २५ वर्ष भन्दा कम उमेरमा धेरै रन बनाउने सुचीमा आजम चौथों नम्बरमा समेत रहेका छन्। सचिन तेन्दुलकरले ५२३, एबि डी भिल्लीयर्सले ३७२, रिकी पोंटिंगले ३५४, ब्रायन लाराले ३३३ रन २५ वर्ष भन्दा कम उमेरमा खेल्दै बनेका थिए। विश्वकप अघि बढ्दै गर्दा उनि यो सुचीको शिर्षमा समेत आउने सम्भावना रहेको छ।





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]