बाबर हायातले पनि छाडे हंगकंग टिम, विश्वकप छनौटबाट लिए नाम फिर्ता

अंशुमन रथले हंगकंग टिमबाट नखेल्ने निर्णय गरेको १ साता पनि नबित्दै अर्का ठुला क्रिकेटर बाबर हायातले पनि रथकै बाटो समातेका छन्।

हंगकंग पुर्व कप्तान हायातले आगामी महिना युएईमा आयोजना हुने टि-२० विश्वकप छनौटबाट आफ्नो नाम फिर्ता लिएका छन्। हायातसंगै तिब्र गति बलरद्वय एहसान नवाज र तन्भिर एहमदले पनि तुरुन्त लागु हुने गरि क्रिकेट हंगकंगको अनुबन्ध रद्द गरेका छन्।

इमर्जिंगक्रिकेटका अनुसार हंगकंगका पुर्व कप्तान तथा नियमित क्रिकेटर तन्भिर अफजललाईलाई टि-२० विश्वकप छनौट टिममा नराखी अतिरिक्त खेलाडीको सुचीमा राखेपछि अफजललाई टिममा समावेश गर्न हायात, नवाज र एहमदले प्रशिक्षक ट्रेन्ट जोन्सनसंग माग गरेका थिए। अफजललाई टिममा राख्न उनीहरुले प्रशिक्षक जोन्सनलाई अल्टिमेटमनै दिएका थिए र उनलाई नराखे आफु ३ जनाले पनि नखेल्ने धम्कि दिएका थिए। उनीहरुको माग पुरा नभए पछि टिमबाट नाम फिर्ता लिएका हुन्।

तन्भिर अफजल

मात्र ३ साता देखि प्रशिक्षकको जिम्मेवारी सम्हालेका पुर्व आयरल्याण्ड क्रिकेटर समेत रहेका जोनसनले क्रिकेट हंगकंगसंग सल्लाह पछि विद्रोही खेलाडीहरुलाई टिममा समावेस नगर्ने निर्णय गरेका हुन्।

एहसान नवाज, तन्भिर एहमद र तन्भिर अफजलले हंगकंग क्रिकेट संगको सम्झौता रद्द गरेका छन् भने छनौटबाट पनि अधिकारिक रुपमा बाहिरिएका छन् । बाबर हायात भने सम्झौतामा रहेका थिएनन्।

२०१४ मा हंगकंगको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका हायातले २२ एकदिवसीय अन्तर्राष्ट्रिय, २४ टि-२० अन्तर्राष्ट्रिय र ६ प्रथम श्रेणी खेल खेलेका छन्। यस्तै एहसान नवाजले १२ एकदिवसीय र ५ टि-२० ,तन्भिर एहमदले ६ एकदिवसीय र ५ टि-२० खेलेका छन् तथा तन्भिर अफजलले २० एकदिवसीय र २१ टि-२० अन्तर्राष्ट्रिय खेलेका छन्।

टि-२० विश्वकप छनौट अघि हंगकंगले नेपाल सहित ५ राष्ट्र सम्मिलित टि-२० सिरिज खेल्नेछ। सिरिज अन्तर्गत हंगकंगले पहिलो खेल नेपालसंग अक्टोबर ६ तारिकमा खेल्दैछ।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]