ENGvPAK Test : पहिलो दिन समाप्तिमा पाकिस्तान १३९/२, बाबर र मसुदको उत्कृस्ट साझेदारी

२०७७ श्रावण २१, बुधबार १९:५९

इंग्ल्यान्ड र पाकिस्तान बीच तिन टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्ट बुधबार ओल्ड ट्राफर्ड मैदान म्यानचेस्टरमा सुरु भएको छ।

खेलमा टस जितेर ब्याटिंग रोजेको भ्रमण टोलि पाकिस्तानले राम्रो सुरुवात गरेको छ। वर्षाले प्रभावित खेलमा दिनको तेश्रो सत्रको खेल चल्दै गर्दा वर्षाले खेल रोकिएको अवस्थामा उसले २ विकेट गुमाएर १३९ रन बनाएको छ। ४९ ओभरको खेल हुँदा खराब प्रकासको कारण दिनको खेल समाप्त घोषणा गरिएको थियो। यस अघि दोश्रो सत्रको खेल पनि वर्षाले प्रभावित बनेको थियो।

सुरुवाती २ विकेट ४३ रनमा गुमाएको पाकिस्तान त्यसपछि भने सम्हालिएको हो। १६ रन बनाएका ओपनर अबिद अलिलाई १६ औं ओभरमा जोफ्रा आर्चरले बोल्ड तथा त्यसपछि १९ औं ओभरमा क्रिस वोक्सले कप्तान अजहर अलिलाई खाता नखोल्दै एलबिडब्लु धरापमा पारेका थिए।


बाबर आजम र शान मसुदको साझेदारी  

४३/२ को अवस्थापछि पनि एक किनार सम्हालीरहेका ओपनर शान मसुद र चौथो नम्बरमा ब्याटिंग गर्न आएका बाबर आजमले तेश्रो विकेटको लागि ९६ रनको साझेदारी गरिसकेका छन्।

वर्षाले खेल रोकिदा बाबर आजम ६९ रन तथा शान मसुद ४६ रन बनाएर अविजित रहेका छन्। आजमले १०० बलमा ११ चौका तथा मसुदले १५२ बलमा ७ चौका प्रहार गरेका छन्। आजमले ७० बलमा अर्धशतक पुरा गरेका थिए।


इंग्ल्यान्डको बलिंगमा जोफ्रा आर्चर ( १०-३-२३-१ ) र क्रिस वोक्स ( ८-२-१४-१ ) ले समान १/१ विकेट लिएका छन्। जेम्स एण्डरसन ( ८-२-३२-० ) र स्टुवार्ट ब्रड ( ११-४-२४-० ) विकेटविहिन रहेका छन्।

पाकिस्तानले इंग्ल्यान्डमा अन्तिम पटक सन् १९९६ मा टेस्ट सिरिज जितेको थियो।

यो पनि पढ्नुस :-

 

https://wicketnepal.com/5-kheladi-jasko-antim-ipl-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy