इंग्ल्यान्डले दोश्रो टि-२० मा पाकिस्तानसंग ५ विकेटको हार बेहोरेता पनि टिम कप्तान बाबर आजमले एक रेकर्ड आफ्नो नाम गरेका छन्। दायाँ हाते ब्याट्सम्यान भारतीय कप्तान बिराट कोहली र अस्ट्रेलियन कप्तान आरोन फिन्चसंगै टि-२० अन्तर्राष्ट्रिय १५०० रन छिटो पुरा गर्ने संयुक्तरुपमा छिटो ब्याट्सम्यान बनेका छन्।
४० औं टि-२० अन्तर्राष्ट्रिय खेल्ने क्रममा बाबरले ३९ औं इनिंगमा ब्याटिंग गर्दै १ हजार ५०० रन पुरा गरेका हुन्। उनले ४४ बलमा ५६ रन बनाएका थिए र कुल रन १,५२७ पुगेको छ। कोहली र फिन्चले पनि ३९ इनिंगमा १,५०० रन पुरा गरेका थिए। कोहली टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् जसले ८२ खेलमा २,७९४ रन बनाएका छन्। फिन्चले १,९८९ रन बनाएका छन्।
औशतमा कोहलीलाई उछिन्दै बाबर बने नम्बर-१
२६ वर्षीय बाबर आजम टि-२० अन्तर्राष्ट्रियको ब्याटिंग औशतमा कोहलीलाई उछिन्दै विश्वकै पहिलो स्थानमा आएका छन्। दोश्रो स्थानमा झरेका कोहलीको ५०.८० औशत रहेको छ भने आजमको ५०.९० को औशत रहेको छ। तर बाबरको दाँजोमा कोहलीले आधा बढी खेल खेलेका छन्।
टि-२० अन्तर्राष्ट्रियमा ५० भन्दा माथि औशत आजम र कोहली बाहेक अरुको छैन। भारतका मनिस पाण्डेको ४७.१३ तथा केएल राहुलको ४५.६५ औशत रहेको छ। गैर टेस्ट राष्ट्र नेदरल्याण्डका रायन टेन डोसेथेको ४४.४१ औशत रहेको छ। अन्य ब्याट्सम्यानको औशत ४० भन्दा कम रहेको छ।
टि-२० अन्तर्राष्ट्रिय वरियतामा आजम नम्बर-१ ब्याट्सम्यान हुन्। एकदिवसीयमा नम्बर-१ वरियतामा रहेका कोहली टि-२० वरियतामा भने १० औं स्थानमा रहेका छन्।
३२ वर्षीय कोहलीको तिन वटै फर्म्याटमा औशत ५० भन्दा माथि रहेको छ भने आजमको टि-२० र वानडेमा ५० माथिको औशत रहेको छ। टेस्टमा आजमको औशत ४५.४४ रहेको छ।
आजमले २०१५ मा जिम्बाबे बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए भने २०१६ मा वेस्टइन्डिज बिरुद्ध टेस्ट र सोहि वर्ष इंग्ल्यान्ड बिरुद्ध टि-२० मा डेब्यु गरेका थिए।
बाबर आजमको प्रदर्शन :
टेस्ट : २९ खेलमा २,०४५ रन, ५ शतक र १५ अर्धशतक
एकदिवसीय : ७४ खेलमा ३,३५९ रन, ११ शतक र १५ अर्धशतक
टि-२० : ३९ खेलमा १,५२७ रन, १४ अर्धशतक
टि-२० अन्तर्राष्ट्रियमा धेरै रन बनाउने ५ ब्याट्सम्यान :
बिराट कोहली : २,७९४ रन ( ८२ खेलको ७६ इनिंग )
रोहित शर्मा : २,७७३ रन ( १०८ खेलको १०० इनिंग )
मार्टिन गुप्टिल : २,५३६ रन ( ८८ खेलको ८५ इनिंग )
शोयब मलिक : २,३३५ रन ( ११५ खेलको १०६ इनिंग )
ओएन मोर्गन : २,२१८ रन ( ९१ खेलको ८९ इनिंग )
सम्बन्धित :-
https://wicketnepal.com/eng-vs-pak-2nd-t20i-rep-wn20/
https://wicketnepal.com/aadil-rashid-kohli-azam-best-wn20/
https://wicketnepal.com/nasser-hussain-kohli-azam-wn20/
यो पनि पढ्नुस
https://wicketnepal.com/suresh-raina-ipl-csk-n-srini-wn20/
https://wicketnepal.com/puran-3rd-fast-100-wn20/
https://wicketnepal.com/ipl-purple-cap-jitna-sakne-3-bowler/
https://wicketnepal.com/ipl-5-rec-todna-muskil-wn20/
https://wicketnepal.com/ashwin-mankad-controversy-free-ball-wn20/
https://wicketnepal.com/20-records-by-kohli-12th-year-wn20/
https://wicketnepal.com/4-ball-4-wicket-new-wc-wn20/