T20WC : भारत-पाकिस्तान खेल हुँदा भेन्टिलेटरमा थिईन् बाबर आजमको आमा

२०७८ कार्तिक १४, आईतवार १५:४८

भारत बिरुद्ध टि-ट्वान्टी विश्वकपमा पाकिस्तानले १० विकेटको ऐतिहासिक जित दर्ता गर्दै गर्दा पाकिस्तान कप्तान बाबर आजमको आमा भेन्टिलेटरमा रहेको आजमका पिता आजम सिद्धिकीले खुलासा गरेका छन्।

पहिलो पटक आईसीसी प्रतियोगितामा पाकिस्तानको नेतृत्व गरिरहेका बाबरले भारत बिरुद्ध अविजित ६८ रन बनाउदै मोहम्मद रिजवानसंग कीर्तिमानि १५२ रनको ओपनिंग साझेदारी गरेका थिए। इन्स्टाग्राम मार्फत पिता सिद्धिकीले शनिवार पोस्ट गर्दै उक्त कुराको खुलासा गरेका हुन्।

“मेरो राष्ट्रको लागि केहि वास्तविकता बताउने समय आएको छ। तिन वटै खेल जितेकोमा सबैलाई बधाई। हाम्रो घरको लागि एउटा ठूलो परिक्षा थियो। जुन दिन भारत बिरुद्ध खेल थियो त्यो दिन बाबरको आमा भेन्टिलेटरमा थिईन्। बाबरले तिन वटै खेल गम्भीर संकटमा खेले। मेरो यहाँ आउने चाहना थिएन तर असतो हुनु नै थियो। तर म यहाँ ( इन्स्टाग्राममा ) यस कारण आए कि बाबर कमजोर नहुन्। भगवानको कृपाले उनि अब ठिक छिन्।” सिद्धिकीले बाबरको आमा सहित आफ्नो र बाबरको संयुक्त फोटो राख्दै उर्दु भाषामा लेखेका छन्।

 

View this post on Instagram

 

A post shared by Azam Siddique (@azam.siddique56)


पाकिस्तानले विश्वकप इतिहासमै पहिलो पटक भारतलाई पराजित गरेको थियो। त्यस समयमा दर्शक दिर्घामै रहेका आजमका पिता सिद्धिकी भावुक हुँदै रोइरहेको देखिएका थिए।

जारि विश्वकपमा पाकिस्तानले सुपर-१२ चरणको तिन वटै खेलमा जित दर्ता गर्ने क्रममा भारत, न्युजिल्यान्ड र अफगानिस्तानलाई पराजित गरिसकेको छ। पाकिस्तानको आगामी खेल कमजोर मानिएको दुई टोलि स्कटल्याण्ड र नामिबियासंग हुनाले सेमीफाइनल यात्रा निश्चित जसो मानिएको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy