बाबर आजमले उत्कृस्ट ब्याटिंग गर्दा मुल्तान सुल्तान्सलाई ७ विकेटले पराजित गर्दै कराची पाकिस्तान सुपर लिग ( पीएसएल ) टि-२० अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ .
नेसनल स्टेडियम कराचीमा सम्पन खेलमा मुल्तानले दिएको १९६ रनको लक्ष्य कराचीले ७ बल बाँकी रहँदै ३ विकेट क्षेतीमा पुरा गरेको हो।
कराचीलाई जिताउन ओपनर बाबर आजमले उत्कृस्ट ब्याटिंग गर्दै अविजित ९० रन बनाए जुन क्रममा उनले ६० बलमा १३ चौका र १ छक्का प्रहार गरे। आजमले अघिल्लो खेलमा इश्लामावाद बिरुद्ध पनि अर्धशतक ६२ रन बनाएका थिए। यस्तै जो क्लार्कले २६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५४ रन बनाए। शर्जिल खानले २७ तथा मोहम्मद नाबीले अविजित १३ रन बनाए।
बाबरले शर्जिलसंग ५६ रनको ओपनिंग साझेदारी गरेका थिए। त्यसपछि दोश्रो विकेटको लागि क्लार्कसंग ९७ रनको साझेदारी गर्दै जितको आधार तयार गरे। १५ औं र १६ औं ओभरमा क्लार्क र कोलिन इन्ग्राम आउट भएपछि चौथो विकेटको लागि आजमले नाबीसंग अविजित ३६ रनको साझेदारी गर्दै जितसम्म पुर्याए।
मुल्तानको बलिंगमा शाहनवाज धानीले २ तथा सोहेल खानले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको मुल्तानले निर्धारित ओभरमा ६ विकेट क्षेतीमा १९५ रन बनाएको थियो।
राम्रो सुरुवात गरेको मुल्तानको लागि ओपनर तथा कप्तान मोहम्मद रिजवानले क्रिस लिनसंग ५३ रनको साझेदारी गरेका थिए। १४ बलमा ६ चौका र १ छक्का मद्दतले ३२ रन बनाएका लिन पाँचौ ओभरमा औउट भएपछि रिजवान र जेम्स भिन्स बीच दोश्रो विकेटको लागि ७० रनको साझेदारी भयो। रिजवान ३२ बलमा ५ चौका मद्दतले ४३ रन बनाएर १२ औं ओभरमा आउट भएपछि मुल्तानले लगातार विकेट गुमाएको थियो। राइली रोसु खुस्दिल शाह र शाहिद अफ्रिदीले खास योगदान नदिएता पनि चौथो नम्बरमा ब्याटिंग गरेका शोयब मक्सुदले ३४ रन बनाएर अविजित रहे।
कराचीको बलिंगमा अर्शद इकबालले २ विकेट तथा इमाद वासिम, मोहम्मद आमिर, वकास मक्सुद र ड्यानियल क्रिस्टीएनले समान १ विकेट लिए।
प्लेयर अफ द म्याच बाबर आजम चुनिए।
जितपछि कराची ३ खेलमा २ जित र १ हारको साथ ४ अंक बटुल्दै अंकतालिकाको शिर्ष स्थानमा पुगेको छ। समान अंक रहेता पनि इश्लामावाद, पेशावर जाल्मी र लाहोर कलन्दर्स नेट रन रेटमा पछि रहँदै दोश्रो देखि चौथो स्थानमा रहेको छ। ४ खेलमा १ जित र ३ हार बेहोर्दै मुल्तान पाँचौ तथा ३ वटै खेलमा जितविहिन रहेको क्वेटा पुछारमा रहेको छ।
धेरैले पढेको
https://wicketnepal.com/sandeep-psl-khelna-jandai-wn21/
https://wicketnepal.com/romanchak-helma-psl-pesawar-wn21/
