पाकिस्तानको सिरिज जितमा बाबरको किर्तिमान

२०७८ बैशाख २७, सोमबार १८:४६

लगातार दोश्रो टेस्ट इनिंग्स अन्तरले जित्दै भ्रमण टोलि पाकिस्तानले जिम्बाब्वे बिरुद्धको दुई वटा टेस्टको सिरिज क्लिन स्विप गरेको छ। यस अघि दुई देश बीच खेलिएको टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज पनि पाकिस्तानले २-१ ले जितेको थियो।

जिम्बाब्वेको हरारेर स्पोर्ट्स क्लबमा सम्पन्न टेस्टमा पाकिस्तान इनिंग्स र १४७ रनले विजयी भएको हो। एसिया बाहिर पाकिस्तानको यो दोश्रो ठुलो जित हो। यस अघि पहिलो टेस्टमा भ्रमण टोलि इनिंग्स र ११६ रनले विजयी भएको थियो।

टेस्टको पहिलो इनिंग्समा पाकिस्तानले ५१०/८ को अवस्थामा इनिंग्स समाप्तिको घोषणा गरेपछि ब्याटिंग गरेको जिम्बाब्वेले पहिलो इनिंग्समा १३२ रनमै सम्पूर्ण विकेट गुमाएपछि फलो-अनमा परेको थियो। पुनः ब्याटिंग गर्ने क्रममा जिम्बाब्वेले आफ्नो दोश्रो इनिंग्समा २३१ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

जिम्बाब्वेको लागि दोश्रो इनिन्ग्समा रेगिस चकभाले सर्वाधिक ८० रन बनाए। उनि बाहेक दुवै इनिंग्समा अन्य जिम्बाब्वे ब्याट्सम्यानहरुले अर्धशतक बनाउन सकेनन्।

पाकिस्तानको बलिंगमा पहिलो इनिंग्समा हसन अलिले ५ विकेट तथा दोश्रो इनिंग्समा शाहिन अफ्रिदी र नौमन अलिले समान ५ विकेट लिए। पाकिस्तान क्रिकेटको इतिहासमै तिन जना बलरले एकै खेलमा ५ विकेट लिएको यो पहिलो अवसर हो।

पाकिस्तानको पहिलो इनिंग्समा अबिद अलिले अविजित २१५ रन तथा अजहर अलिले १२६ रन बनाएका थिए।

खेलको प्लेयर अफ द म्याच अबिद अलि चुनिए भने प्लेयर अफ द सिरिज हसन अलि चुनिए।

पाकिस्तानी कप्तान बाबर आजमले कप्तानी पाएपछि लगातार चौथो टेस्ट जित्दै नयाँ किर्तिमान बनाएका छन्। कप्तानी थालेपछि लगातार ४ टेस्टमा अपराजित रहने उनि पहिलो पाकिस्तानी कप्तान हुन्। सन् २००० पछि बाबर आज बाहेक भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनीले पनि सुरुवाती ४ टेस्ट जिताएका थिए।

यो पनि पढ्नुस 

https://wicketnepal.com/kushal-icc-pom-chuniye-wnw1/

https://wicketnepal.com/ind-team-for-wtc-wn21/

https://wicketnepal.com/ipl-2021-sthagit-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy