दोश्रो टेस्टअघि भारतलाई झट्का, आश्विन र रोहित नखेल्ने

  • विकेटनेपाल, मङ्सिर २७ – बिहिबार

४ टेस्ट खेलको शृंखलाको लागि अस्ट्रेलिया भ्रमणमा रहेको भारतलाई शुक्रबार देखि पर्थ मैदानमा सुरु हुने दोश्रो टेस्ट अघि ठुलो झट्का लागेको छ।

एडिलेड मैदानमा सम्पन्न पहिलो टेस्टमा पहिलो रोजाईमा परेका एकमात्र स्पिन हतियार रविचन्द्रन आश्विन तथा ब्याट्सम्यान रोहित शर्मा घाइते भएपछि शुक्रबारदेखि सुरु हुने दोश्रो टेस्टमा भारतलाई ठुलो झट्का लागेको हो। यस अघिनै पृथ्वी शा पनि सिरिज अघि घाइते हुँदा कमब्याक गर्न सकेका छैनन्।

आश्विन पेटको देब्रे भागको मांसपेसीमा तनावको कारण फिट हुन नसकेका हुन् जसको उपचार चलिरहेको छ। आश्विनले पहिलो टेस्टमा महत्त्वपूर्ण ६ विकेट लिन दुवै इनिंगमा ३/३ विकेट लिएका थिए।

अघिल्लो पल्टको अस्ट्रेलिया भ्रमणमा खराब प्रदर्शनको आरोप खेपेका आश्विनले यो पल्ट आफ्नो प्रदर्शनले आलोचकलाई गतिलो जवाफ दिएको क्रिकेट पण्डितहरुको भनाई छ। उनलाई विराट कोहलीले २०१४ को सिरिजमा सोहि एडिलेड मैदानमा नै पहिलो रोजाईको एघार भित्र राखेका थिएनन्।

त्यस्तै रोहित शर्मालाई एडिलेड टेस्टको पाचौँ दिन फिल्डिंग गर्नेक्रममा ढाडको तल्लो भागमा दुख्न थालेको थियो जसको पनि उपचार चलिरहेको छ। शर्माले उक्त खेलमा छैठौं नम्बरमा ब्याटिंग गर्दै पहिलो इनिंगमा ३७ र दोश्रो इनिंगमा १ रन बनाएका थिए।

सिरिज अन्तर्गत पहिलो टेस्टमा भारतले ३१ रनको रोमान्चक जित निकालेको थियो। पहिले ब्याटिंग गर्दै भारतले २५० रन  बनाएको थियो भने अस्ट्रेलियाले पहिलो इनिंगमा २३५ रन बनाएपछि भारतले दोश्रो इनिंगमा ३०७ रन बनाएपछि अन्तिम इनिंगमा अस्ट्रेलियाले २९१ रन मात्रै बनाउदा खेल थोरै अन्तरले गुमाउन पुगेको थियो। टेस्ट सिरिज अघि खेलीएको टि-२० सिरिज भने १-१ को बराबरीमा सकिएको थियो।

खेल सुरु हुने समय: नेपाली समय:  बिहान ८:०५ बजे , स्थानीय समय: बिहान १०:२०,

भारतको दोश्रो टेस्ट खेल्ने टिम:

विराट कोहली (c), अजिंक्या रहाने, लोकेश राहुल, मुरली विजय, चेतेश्वर पुजारा, हनुमान विहारी, रिषब पन्त (wk), रविन्द्र जडेजा, इशान्त शर्मा, मोहम्मद शामी, जस्प्रित बुम्राह, भुवनेश्वर कुमार र उमेश यादव

भारतले आज भएको पत्रकार सम्मेलनमा आफ्नो १३ सदस्यीय टिमको घोषणा गरेको छ जसबाट पहिलो रोजाईका एघार जना खेलाडी छनौट गरिनेछ।

अस्ट्रेलियाको टिम:

एरोन फिंच, मार्कस ह्यारिस, उस्मान ख्वाजा, शन मार्स, पिटर ह्यान्ड्सकम, ट्रविस हेड, टिम पेन (c & wk), प्याट कमिंस, मिचेल स्टार्क, नथन लायन, जोश हेजलवूड

अस्ट्रेलियाले एडिलेडमा भएको खेलमा खेलेका खेलाडीहरुलाई नै पुनः मौका दिएको छ।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy