महिला प्रम कप : बागमतीद्वारा गण्डकी सहजै पराजित, प्रदेश-१ सेमीफाइनलमा

२०७७ पुष १५, बुधबार १६:५०

दाङमा जारि महिला प्रधानमन्त्री कप राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत पाँचौ दिन समुह ‘बि’ अन्तर्गतको चौथो खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ६४ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।

पहिलो खेलमा मंगलबार प्रदेश-१ संग पराजित भएको बागमतीले सेमीफाइनल पुग्ने सम्भावना जिवितै राख्दा गण्डकी भने दुवै खेलमा पराजित हुँदै सेमीफाइनल रेसबाट बाहिर भएको छ। बिहिबार हुने सुदुरपश्चिम र गण्डकी प्रदेश बीचको खेलको विजेता टोलि सेमीफाइनल पुग्नेछ। आज सम्पन्न पहिलो खेलमा सुदूरपश्चिमलाई पराजित गर्दै दोश्रो जित दर्ता गरेको प्रदेश-१ ले सेमीफाइनलमा स्थान पक्का गरेको छ। भोलि प्रदेश-१ ले गण्डकी प्रदेशलाई पराजित गरे प्रदेश-१ समुह ‘बि’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गर्नेछ। प्रदेश-१ पराजित भएको खण्डमा पनि नेट रन रेटको आधारमा समुह विजेता हुन सक्ने सम्भावना छ। यस अघिनै समुह ‘ए’ बाट एपीएफ र लुम्बिनी सेमीफाइनल प्रवेश गरिसकेका छन्।

लमही क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमतीले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकीले पुरै २० ओभर ब्याटिंग गरेता पनि ५ विकेट गुमाएर ८८ रन मात्र बनाउन सक्यो।

स्कोरकार्ड , अंकतालिका 

गण्डकीको लागि सृस्टि पौडेलले सर्वाधिक ३० तथा कप्तान शिला क्षेत्रीले २६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकम रन बनाउन सकेनन्।

लक्ष्य पछ्याउने क्रममा पूर्णता शाही र प्रमिला बानिया समान २ रन बनाएर आउट भएपछि विकेट नगुमाई ब्याटिंग गरेता पनि गण्डकीले कुनै पनि बेला रन गति बढाउन सकेन। तेश्रो विकेटको लागि ओपनर तथा कप्तान शिला क्षेत्रीले सृस्टि पौडेलसंग ६० रनको साझेदारी गरिन्। १७ औं ओभरमा सृस्टिलाई निशा तामांगले क्याच आउट गराएर साझेदारी तोडिन्। लगत्तै ओभरमा शिलालाई आरति बिडारीले स्टम्प आउट गरिन्।

बागमतीको बलिंगमा अस्मिना कर्माचार्य, सुमन खतिवडा, आरति बिडारी र निशा तामांगले समान १ विकेट हात पारे।

सुमन खतिवडा

यस अघि टस जितेर ब्याटिंग गरेको बागमती प्रदेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५३ रन बनाएको थियो।

बागमतीको लागि बिन्दा कटवालले सर्वाधिक ३८, सुमन खतिवडाले ३१ तथा कन्चन श्रेष्ठले २७ रन बनाए। यस्तै आरति विडारीले अविजित १० तथा कप्तान अस्मिना कर्माचार्यको ८ रन योगदान रह्यो।

ओपनर कन्चन र बिन्दाले पहिलो विकेटको लागि ७६ रनको साझेदारी गरेका थिए। ११ औं ओभरमा कन्चन रन आउट भएपछि बिन्दा र सुमन खतिवडा बीच ५३ रनको साझेदारी भयो। १८ औं ओभरमा सुमन र बिन्दा दुवैलाई अलिशा लामिछानेले पेभेलियन फर्काइन्। चौथो विकेटको लागि कप्तान अस्मिना कर्माचार्य र आरति बिडारीले २२ रनको साझेदारी गर्दै टिमको योगफल १५० पार गराए।

गण्डकी प्रदेशको बलिंगमा अलिशा लामिछानेले २ विकेट हात पारिन्।

यो पनि पढ्नुस :-

महिला प्रम कप : रोमान्चक खेलमा प्रदेश-१ विजयी

राष्ट्रिय टिमको जर्सी प्रायोजन अधिकारको लागि एडप्याड र क्यान बीच सम्झौता

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy