काठमाडौँलाई प्रदेश खेलकुद उपाधि

२०७८ चैत्र १, मंगलवार १९:४८

प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तरगतको महिला क्रिकेटको उपाधि काठमाडौंँले जितेको छ ।

आज (मंगलबार) भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको फाइनलमा चितवनलाई ६४ रनको फराकिलो अन्तरले पराजित गर्दै काठमाडौँले उपाधि जितेको हो । १६३ रनको विशाल लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ९८ रन मात्रै बनाउन सक्यो । चितवनका लागि आरती बिडारीले २४ बलमा ३० रन र अनिशा मजाकोटीले ४० बलमा २१ रन बनाइन् ।

काठमाडौका लागि खुशी डंगोलले ४ ओभरमा २ मेडनसहित मात्र ३ रन खर्चिएर एक विकेट लिइन् । अस्मिता खरेलले ४ ओभरमा १७ रन खर्चिदै एक विकेट हात पारिन् ।

यसअघि पहिले व्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा मात्र एक विकेट गुमाउँदै १६३ रन बनाएको थियो । उसका लागि कञ्चन श्रेष्ठले ६२ बलमा ७० रन बनाइन् भने अस्मिता खरेलले ५० बलमा ४३ रन बनाइन् । चितवनका लागि आरती बिडारीले ४ ओभरमा २३ रन खर्चिदै एक विकेट लिइन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी कञ्चन श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित भइन् । प्रतियोगितामा काठमाडौंँ, चितवन र भक्तपुरको सहभागिता थियो ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy