काठमाडौँलाई प्रदेश खेलकुद उपाधि

प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तरगतको महिला क्रिकेटको उपाधि काठमाडौंँले जितेको छ ।

आज (मंगलबार) भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको फाइनलमा चितवनलाई ६४ रनको फराकिलो अन्तरले पराजित गर्दै काठमाडौँले उपाधि जितेको हो । १६३ रनको विशाल लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ९८ रन मात्रै बनाउन सक्यो । चितवनका लागि आरती बिडारीले २४ बलमा ३० रन र अनिशा मजाकोटीले ४० बलमा २१ रन बनाइन् ।

काठमाडौका लागि खुशी डंगोलले ४ ओभरमा २ मेडनसहित मात्र ३ रन खर्चिएर एक विकेट लिइन् । अस्मिता खरेलले ४ ओभरमा १७ रन खर्चिदै एक विकेट हात पारिन् ।

यसअघि पहिले व्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा मात्र एक विकेट गुमाउँदै १६३ रन बनाएको थियो । उसका लागि कञ्चन श्रेष्ठले ६२ बलमा ७० रन बनाइन् भने अस्मिता खरेलले ५० बलमा ४३ रन बनाइन् । चितवनका लागि आरती बिडारीले ४ ओभरमा २३ रन खर्चिदै एक विकेट लिइन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी कञ्चन श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित भइन् । प्रतियोगितामा काठमाडौंँ, चितवन र भक्तपुरको सहभागिता थियो ।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]