केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा बिहीबार भएको उद्घाटन खेलमा बागमतीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ टिमलाई १०९ रनले हरायो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १८४ रन बनाएको थियो । बागमतीका लागि रित गौतमले सर्वाधिक ७४ रन बनाए । बलिङमा मदन भण्डारीका बिप्रसन केसीले तीन विकेट लिए । एक सय ८५ रनको विजयी लक्ष्य पछ्याएको मदन भण्डारी १४.२ ओभरमा सबै विकेटको क्षतिमा ७५ रनमा समेटिएको थियो ।

मदन भण्डारीका लागि अमर मिश्र र विजय प्रजापतिले १३/१३ रन जोडे। अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । मदन भण्डारीलाई सस्तैमा समेट्न बलिङमा बागमतीका कप्तान सन्दीप लामिछानेले चार विकेट लिए ।

सुवास खत्रीले तीन तथा प्रतिश जिसीले दुई विकेट लिए ।

मङ्सिर १५ गतेसम्म चल्ने प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे ।

पोखरा रङ्गशालामा हुने प्रतियोगिताका विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार नगद पाउनेछन् । यस्तै म्यान अफ द सिरिजले ३० हजार, वेस्ट व्याटर र बलरले जनही २० हजार तथा म्यान अफ द म्याचले नगद पाँच हजार रुपियाँ पुरस्कार पाउनेछन् ।

( फोटो साभार – पोखरास्पोर्ट्स )





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]