बागमतीले जित्यो काश्य, सुमन र बिपिशाको उत्कृस्ट योगदान

२०७९ कार्तिक १, मंगलवार १३:२८

लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्दै बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद महिला क्रिकेटको कास्य पदक जितेको छ। स्वर्ण पदकको लागि आजै नेपाल पुलिस क्लब र एपीएफ क्लब प्रतिस्पर्धा गर्दैछन्।

पोखरा रंगशाला क्रिकेट मैदानमा लुम्बिनी प्रदेशले दिएको ८८ रनको लक्ष्य बागमतीले १६.१ ओभरमा ३ विकेट गुमाएर भेटायो।

लक्ष्य पछ्याउने क्रममा बागमतीले ४१ रनमा ३ विकेट गुमेको थियो। चौंथो नम्बरमा ब्याटिंग गर्न आएकी सुमन खतिवडाले आक्रामक ब्याटिंग गर्दै टिमलाई सहज जिततफ डोर्याए। सुमनले चौंथो विकेटको लागि अनिशा मझाकोटीसंग ४८ रनको साझेदारी गरिन्।

खतिवडाले २१ बलमा ६ चौका र १ छक्का मद्दतले ४१ रन तथा मजकोटिले अविजित १० रन बनाए। अश्मिता खरेलले २० तथा कन्चन श्रेष्ठले १० रन बनाए। लुम्बिनी प्रदेशको लागि कृतिका मरासिनीले २ तथा सुष्मिता भुसालले १ विकेट लिए।

टस हारेर पहिले ब्याटिंग गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट क्षेतीमा ८७ रन बनायो। उसको लागि कप्तान सरस्वति जीएमले सर्व्धिक ३० तथा सुष्मिता भुसालले अविजित १२ रन बनाए।

बागमतीको बलिंगमा बिपिशा शाहीले ४ विकेट हात पारिन् जो प्लेयर अफ द म्याच समेत घोषित भईन्। खुसि डंगोलले ३ तथा सोनी पाख्रिनले २ विकेट हात पारिन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy