बागमतीले जित्यो काश्य, सुमन र बिपिशाको उत्कृस्ट योगदान

लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्दै बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद महिला क्रिकेटको कास्य पदक जितेको छ। स्वर्ण पदकको लागि आजै नेपाल पुलिस क्लब र एपीएफ क्लब प्रतिस्पर्धा गर्दैछन्।

पोखरा रंगशाला क्रिकेट मैदानमा लुम्बिनी प्रदेशले दिएको ८८ रनको लक्ष्य बागमतीले १६.१ ओभरमा ३ विकेट गुमाएर भेटायो।

लक्ष्य पछ्याउने क्रममा बागमतीले ४१ रनमा ३ विकेट गुमेको थियो। चौंथो नम्बरमा ब्याटिंग गर्न आएकी सुमन खतिवडाले आक्रामक ब्याटिंग गर्दै टिमलाई सहज जिततफ डोर्याए। सुमनले चौंथो विकेटको लागि अनिशा मझाकोटीसंग ४८ रनको साझेदारी गरिन्।

खतिवडाले २१ बलमा ६ चौका र १ छक्का मद्दतले ४१ रन तथा मजकोटिले अविजित १० रन बनाए। अश्मिता खरेलले २० तथा कन्चन श्रेष्ठले १० रन बनाए। लुम्बिनी प्रदेशको लागि कृतिका मरासिनीले २ तथा सुष्मिता भुसालले १ विकेट लिए।

टस हारेर पहिले ब्याटिंग गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट क्षेतीमा ८७ रन बनायो। उसको लागि कप्तान सरस्वति जीएमले सर्व्धिक ३० तथा सुष्मिता भुसालले अविजित १२ रन बनाए।

बागमतीको बलिंगमा बिपिशा शाहीले ४ विकेट हात पारिन् जो प्लेयर अफ द म्याच समेत घोषित भईन्। खुसि डंगोलले ३ तथा सोनी पाख्रिनले २ विकेट हात पारिन्।





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]