पृथु र आदील चम्किदा बागमतीद्वारा सुदूरपश्चिमलाई ३०० रनको लक्ष्य

काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत चौथो दिन समुह ‘बि’ अन्तर्गतको खेलमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा गरिरहेका छन्।

टियु मैदान कीर्तिपुरमा जारि खेलमा टस हारेर ब्याटिंग गरेको बागमतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९९ रन बनाउदै सुदूरपश्चिमलाई ३०० रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कोरकार्ड 

बागमतीको लागि पृथु बास्कोटाले सर्वाधिक ८४ रन बनाए जुन क्रममा ९४ बलमा १० चौका र २ छक्का प्रहार गारे। यस्तै ओपनर आदील खानले ८६ बलमा १० चौका मद्दतले ६३ रन बनाए। यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र बिपिन आचार्यले समान ३२ रन, पारस खड्काले २०, इशान पाण्डेले १७ तथा आकाश थापाले १३ रन योगदान दिए।

आदील खान

ओपनर आकाश थापा दोश्रो ओभरमा आउट भएपछि आदील खान र पारस खड्काले दोश्रो विकेटको लागि ४६ रनको साझेदारी गरे। १० औं ओभरमा पारसलाई बिनोद लामाले बोल्ड गरे। तेश्रो विकेटको लागि आदील र पृथु बीच १०९ रनको साझेदारी भयो। ३१ औं ओभरमा अदिललाई भोजराज भट्टले क्याच आउट गराए। शतकतर्फ अघि बढेका पृथुलाई ३८ औं ओभरमा सन्तोष भट्टले विकेटकिपर संजु दमाईबाट क्याच आउट गराए। लगत्तै ओभरमा इशान पाण्डेलाई नारायण जोशीले क्याच आउट गराए।छैठौं विकेटको लागि कप्तान ज्ञानेन्द्र मल्ल र बिपिन आचार्यले ६१ रनको साझेदारी गरे। मल्ल र बिपिन दुवैलाई नारायण जोशीले आउट गरे।

सुदूरपश्चिमको बलिंगमा नारायण जोशीले सर्वाधिक ३ विकेट लिए। यस्तै भोज राज भट्ट र सन्तोष भट्टले समान २ विकेट र बिनोद लामाले १ विकेट लिए। १० ओभरमा २ मेडन गर्दै ३४ रन खर्चिएका शेर मल्ल विकेटविहिन रहे।

स्कोरकार्ड 

प्रतियोगिता अन्तर्गत अघिल्लो खेलमा बागमती प्रदेशले नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy