पृथु र आदील चम्किदा बागमतीद्वारा सुदूरपश्चिमलाई ३०० रनको लक्ष्य

काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत चौथो दिन समुह ‘बि’ अन्तर्गतको खेलमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा गरिरहेका छन्।

टियु मैदान कीर्तिपुरमा जारि खेलमा टस हारेर ब्याटिंग गरेको बागमतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९९ रन बनाउदै सुदूरपश्चिमलाई ३०० रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कोरकार्ड 

बागमतीको लागि पृथु बास्कोटाले सर्वाधिक ८४ रन बनाए जुन क्रममा ९४ बलमा १० चौका र २ छक्का प्रहार गारे। यस्तै ओपनर आदील खानले ८६ बलमा १० चौका मद्दतले ६३ रन बनाए। यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र बिपिन आचार्यले समान ३२ रन, पारस खड्काले २०, इशान पाण्डेले १७ तथा आकाश थापाले १३ रन योगदान दिए।

आदील खान

ओपनर आकाश थापा दोश्रो ओभरमा आउट भएपछि आदील खान र पारस खड्काले दोश्रो विकेटको लागि ४६ रनको साझेदारी गरे। १० औं ओभरमा पारसलाई बिनोद लामाले बोल्ड गरे। तेश्रो विकेटको लागि आदील र पृथु बीच १०९ रनको साझेदारी भयो। ३१ औं ओभरमा अदिललाई भोजराज भट्टले क्याच आउट गराए। शतकतर्फ अघि बढेका पृथुलाई ३८ औं ओभरमा सन्तोष भट्टले विकेटकिपर संजु दमाईबाट क्याच आउट गराए। लगत्तै ओभरमा इशान पाण्डेलाई नारायण जोशीले क्याच आउट गराए।छैठौं विकेटको लागि कप्तान ज्ञानेन्द्र मल्ल र बिपिन आचार्यले ६१ रनको साझेदारी गरे। मल्ल र बिपिन दुवैलाई नारायण जोशीले आउट गरे।

सुदूरपश्चिमको बलिंगमा नारायण जोशीले सर्वाधिक ३ विकेट लिए। यस्तै भोज राज भट्ट र सन्तोष भट्टले समान २ विकेट र बिनोद लामाले १ विकेट लिए। १० ओभरमा २ मेडन गर्दै ३४ रन खर्चिएका शेर मल्ल विकेटविहिन रहे।

स्कोरकार्ड 

प्रतियोगिता अन्तर्गत अघिल्लो खेलमा बागमती प्रदेशले नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो।





थप समाचार

नेपाल ५८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]