बल्ल जित्यो बैंगलोर, कोहली र डी भिल्लीयर्स चम्किए

लगातार ६ खेलमा पराजित भए पछि अन्ततः सातौँ खेलमा बिराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिगमा पहिलो जित दर्ता गरेको छ। जित पछि पनि बैंगलोर लिगको पुछारमा कायम छ भने पन्जाब ८ खेलमा ४/४ जित/हार सहित पाँचौ स्थानमा यथावत छ।

दिल्ली, कोलकाता, राजस्थान, हैदराबाद, मुम्बई, चेन्नई र राजस्थानसंग पराजित भएको बैंगलोरले सातौँ खेलमा किंग्स-११ पन्जाबलाई भने पराजित गर्दै जितको रुप देख्यो।

खेलमा पन्जाबले पहिले ब्याटिंग गर्दै दिएको १७४ रनको लक्ष्य बैंगलोरले मात्र २ विकेट गुमाएर १९.२ ओभरमा पुरा गर्यो।

कोहली र डीभिल्लीयर्स चम्किए 

लक्ष्य पछ्याउने क्रममा बैंगलोरले राम्रो सुरुवात गर्यो। पहिलो विकेटको लागि पर्थिभ पटेल र बिराट कोहलीले ४३ रन बनाए। १९ रन बनाएर पर्थिभ आउट भए पछि कोहली र एबि डीभिल्लीयर्सले दोश्रो विकेटको लागि ८५ रनको साझेदारी गरे।

कोहली १६ औं ओभरमा मोहम्मद शामीको बलमा क्याच आउट भए। उनले ५३ बलमा ८ चौका मदतले ६७ रन बनाए।

कोहलीको विकेट पछि डी भिल्लियर्स र मार्कस स्टोईनिसले तेश्रो विकेटको लागि अविजित ४६ रन बनाउदै बैंगलोरलाई जित दिलाए।

प्लेयर अफ द म्याच समेत चुनिएका डीभिल्लीयर्सले ५ चौका र २ छक्का मदतले ३८ बलमा अविजित ५९ रन बनाए। यस्तै स्टोईनिसले १६ बलमा ४ चौका मदतले २८ रन बनाए।

पन्जाब बलर  मोहम्मद शामी ( ४-०-४३-१ ) र रभीचन्द्रन आश्विन ( ४-०-३०-१ ) ले १/१ विकेट लिए।

गेलको उत्कृस्ट इनिंग 

टस जितेर पन्जाब क्रिकेट एसोसीएसन मैदानमा पहिले बैंगलोरले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १७३ रन बनाएको थियो।

पन्जाबको लागि ओपनर क्रिस गेलले उत्कृस्ट इनिंग खेल्ने क्रममा अविजित ९९ रन बनाए। ६४ बलमा उनले १० चौका र ५ छक्का प्रहार गरे। गेल बाहेक अन्य ब्याट्सम्यानले भने ठुलो योगदान दिन सकेनन्।

सुरुवात देखि अन्तिमसम्म ब्याटिंग गरेका गेलले पहिलो विकेटको लागि लोकेस राहुलसंग ६६ रनको साझेदारी गरेका थिए। यस्तै पाँचौ विकेटको लागि उनले मन्दिप सिंहसंग ६० रनको साझेदारी गरेका थिए। मन्दिपले अविजित १८ रन बनाए। लोकेश राहुलले पनि १८ रन, मायाँक अग्रवाल र सरफराज खानले समान १५ रन बनाए।

बैंगलोरको बलिङ्गमा युज्भेंद्र चाहलले २ विकेट ( ४-०-३३-२ ) तथा मोहम्मद सिराज ( ४-०-५४-१ ) र मोईन अलि ( ४-०-१९-१ ) ले १/१ विकेट लिए।

प्रतियोगितामा बैंगलोरको नतिजा :- 

१. चेन्नाईसंग ७ विकेटले पराजित
२. मुम्बईसंग ६ विकेटलले पराजित
३. हैदराबादसंग ११८ रनले पराजित
४.राजस्थानसंग ७ विकेटले पराजित
५. कोलकातासंग ५ विकेटले पराजित
६. दिल्लीसंग ४ विकेटले पराजित
७. पन्जाबसंग ८ विकेटले विजयी





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]