धादिङ जिल्ला स्तरिय टी-२० : बैरेनी र त्रिपुरासुन्दरी विजयी

धादिङ जिल्ला स्तरीय टी-२० क्रिकेट प्रतियोगितामा बैरैनी क्रिकेट टिम (गल्छी गाउँपालिका) र त्रिपुरासुन्दरी क्रिकेट टिम (त्रिपुरासुन्दरी)ले विजयी सुरुवात गरेका छन् ।

धादिङपोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो ।

बैरेनी क्रिकेट टिमले धुनीबेसी क्रिकेट टिमलाई ११ रनले पराजित गरेको छ । उद्घाटन खेलमा बैरेनीले दिएको १२८ रनको टार्गेट पछ्याएको धनीकेसीले ११६ रन मात्र बनायो ।

यस खेलमा बैरेनीका विश्वास पौडेल प्लेयर आफ द म्याच घोषित भए ।

यस्तै दोस्रो खेल त्रिपुरासुन्दरी क्रिकेट टिम र साँङ्कोष क्रिकेट क्लव बीच भएको थियो । यो खेलमा साँङ्कोषले दिएको ८८ रनको टारगेट त्रिपुरासुन्दरीले १० ओभरमै पुरा गर्दै विजयी भएको थियो । यस खेलमा त्रिपुरासुन्दरीका श्रीकृष्ण मिश्र प्लेयर आफ द म्याच घोषित भएका थिए ।

बेनीघाट रोराङ गाउँपालिकाका उप प्रमुख देवीप्रसाद सिलवालले गरेका बलिङ र गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटीले ब्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गरिएको थियो ।





थप समाचार

बागमतीविरुद्ध मधेश ४ विकेटले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा मधेश प्रदेशसँग बागमती प्रदेश ४ विकेटले पराजित […]

आर्मीले पुलिसलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई […]

कोलकाताको पहिलो जित

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइटराइडर्सले पहिलो जित दर्ता गरेको छ। बुधवार सम्पन्न खेलमा पहिलो जित हासिल […]

पञ्जाबकाे सुखद् सुरुआत

काठमाडौं। पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुखद् सुरुआत गरेको छ। मंगलबार सम्पन्न खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले […]

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]