वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

उक्त प्रतियोगिता आगामी वैशाखको १३ देखि २२ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो । त्रिभुवन विश्वविद्यालय(टियु) को सम्बन्धन प्राप्त २० वटा बिबिए कलेजहरूले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्ने प्रतियोगिताको व्यवस्थापकीय जिम्मेवारी पाएको म्यान क्यान डुका म्यानेजर सुनील थापाले जानकारी लिए । उक्त प्रतियोगिताको खेलहरू पुलचोक इन्जिनियरिङ क्याम्पसमा आयोजना हुनेछन् । नकआउटका आधारमा हुने प्रतियोगिता दश दिनसम्म चल्नेछ । पब्लिक युथ क्याम्पसका प्रमुख बलराम थापाले सबै सहभागी कलेजले उत्कृष्ट तवरले अनुशासनमा रहेर प्रतिस्पर्धा गर्ने विश्वास व्यक्त गरे ।

विगत एक दशक देखि नियमित आयोजना हुँदै आएको प्रतियोगितालाई यस पटक ‘म्यान क्यान डु’ प्रालिले व्यवस्थापन गर्नेछ । प्रतियोगिताको विजेताले ट्रफीका साथै ९० हजार रुपैयाँ तथा उपविजेताले ४० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार पाउनेछन् । उत्कृष्ट ब्याटर र बलरले समान पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्लेयर अफ दी म्याचलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको समूह ‘ए’ र समूह ‘बी’ समान १० कलेजले प्रतिस्पर्धा गर्नेछन् ।

 

दुवै समूहमा नकआउट प्रतिस्पर्धा हुनेछन् । समूह ‘ए’ मा नकआउटमार्पmत विजेता टोलीले समूह ‘बी’ को विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’ मा पब्लिक युथ क्याम्पसले चितवनको वीरेन्द्र बहुमुखी क्याम्पससँग, पाटन बहुमुखी क्याम्पसले आइएमएस कलेजसँग, विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले शंकरदेव क्याम्पससँग, पिपुल्स क्याम्पसले नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पससँग, काठमाडौंको क्याम्पियन कलेजले काठफोर्ड कलेजसँग प्रतिस्पर्धा गर्नेछन् ।

समूह ‘बी’ तर्पm कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इनफरमेसन टेक्नोलोजी (केसिएमआइटी) ले नेपाल कमर्स क्याम्पससँग, युनिभर्सल कलेजले पोखराको जनप्रिय बहुमुखी क्याम्पससँग, के एन्ड के कलेजले भत्तपुर बहुमुखी क्याम्पससँग, सैनिक आवासीय महाविद्यालयले काठमाडौं मोडल कलेजसँग र सरस्वती बहुमुखी क्याम्पसले किस्ट कलेजसँग खेल्नेछन् । एउटा टोलीमा १५ खेलाडी राख्न पाउने आयोजकले जनाएको छ ।

व्यवस्थापकीय जिम्मेवारी पाएको ‘म्यान क्यान डु’ का म्यानेजर सुनील थापाले मूलपानी क्रिकेट मैदानमा आयोजना गर्ने गरी प्रतियोगिताको तयारी गरिए पनि नेपालमा जारी एसिसी प्रिमियर कपमा सहभागी राष्ट्रको अभ्यास गर्नुपर्ने भएकाले अन्तिम समयमा पुलचोकमा आयोजना सार्नु परेको बताए । पब्लिक युथ पछिल्ला तीन संस्करणको विजेता टोली हो ।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]