बैशाख १३ देखि पीवाईसी बिबिए क्रिकेट कप’

२०७९ बैशाख १०, शनिबार १९:०४

पब्लिक युथ क्याम्पसको आयोजनामा बैशाख १३ गते देखि काठमाडौँमा आयोजना हुने ‘पीवाईसी बिबिए क्रिकेट कप’ टि-२० प्रतियोगिताको तयारी पूरा भएको छ।

शनिवार चावहिलमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले तयारी पूरा भएको जनाएको हो। नक आउट फर्म्याटको प्रतियोगितामा कुल १८ टोलिले प्रतिस्पर्धा गर्दैछन्। खेलहरु मूलपानी क्रिकेट मैदानमा संचालन हुनेछन्।

शनिवारै आयोजित एक कार्यक्रमबीच प्रतियोगिताको टाई-सिट ड्र सार्वजनिक गरिएको थियो। सहभागी टोलिलाई दुई समुहमा बिभाजन गरि नक आउटको आधारमा प्रतिस्पर्धा तय गरिएको छ।  जसमध्ये उपत्यका बाहिरका टोलि मध्ये ड्र मार्फत दुई टोलि विरेन्द्र क्याम्पस बहुमुखी चितवन र महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जले बाई पाएर सोझै प्रि-क्वार्टरफाइनल प्रवेश पाएका छन्।

प्रतियोगिताको डिफेन्डिङ च्याम्पियनले आगामी संस्करण आयोजना गर्नुपर्ने प्रावधान अनुरुप पब्लिक युथले यस संस्करण संचालन गर्ने जिम्मा पाएको हो।


कलेज स्तरको क्रिकेट प्रवर्द्धन तथा खेलभावना विकास गर्ने उद्देश्य सहित प्रतियोगिताको आयोजना गर्न लागेको प्रतियोगिताको प्रवन्ध निर्देशक सुनिल थापाले जानकारी गराए – “लामो समय देखि आयोजना हुँदै आएको बिबिए कप पुनः यो वर्ष निरन्तरता पाउदैछ। प्रतियोगिताको उद्देश्य युवाहरुलाई मंच प्रदान गरि उनीहरुको सामुहिक भावना, सम्बन्ध र खेलभावना विकास गर्दै नेत्रित्वक्षमता अभिवृद्धि गर्नु हो।”

पव्लिक युथ क्याम्पसका प्रमुख वलराम थापाले यस अघिका संस्करणहरु जस्तै यसपटक पनि त्रिभुवन विश्वविद्यालयले प्रतियोगितालाई साथ दिने विश्वास व्यक्त गर्दै कलेजहरुलाई प्रतिष्ठित प्रतियोगितामा भाग लिन आग्रह समेत गरेका छन्।

बिगत एक दशक देखि नियमित आयोजना हुँदै आएको प्रतियोगितालाई यस पटक ‘म्यान क्यान डु’ प्रालिले व्यवस्थापन गर्नेछ।

प्रतियोगिताको विजेताले ८५ हजार रुपैयाँ तथा उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन्। यस्तै बिभिन्न विधामा उत्कृस्ट चुनिने खेलाडीहरु तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy