बैशाख १३ देखि पीवाईसी बिबिए क्रिकेट कप’

पब्लिक युथ क्याम्पसको आयोजनामा बैशाख १३ गते देखि काठमाडौँमा आयोजना हुने ‘पीवाईसी बिबिए क्रिकेट कप’ टि-२० प्रतियोगिताको तयारी पूरा भएको छ।

शनिवार चावहिलमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले तयारी पूरा भएको जनाएको हो। नक आउट फर्म्याटको प्रतियोगितामा कुल १८ टोलिले प्रतिस्पर्धा गर्दैछन्। खेलहरु मूलपानी क्रिकेट मैदानमा संचालन हुनेछन्।

शनिवारै आयोजित एक कार्यक्रमबीच प्रतियोगिताको टाई-सिट ड्र सार्वजनिक गरिएको थियो। सहभागी टोलिलाई दुई समुहमा बिभाजन गरि नक आउटको आधारमा प्रतिस्पर्धा तय गरिएको छ।  जसमध्ये उपत्यका बाहिरका टोलि मध्ये ड्र मार्फत दुई टोलि विरेन्द्र क्याम्पस बहुमुखी चितवन र महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जले बाई पाएर सोझै प्रि-क्वार्टरफाइनल प्रवेश पाएका छन्।

प्रतियोगिताको डिफेन्डिङ च्याम्पियनले आगामी संस्करण आयोजना गर्नुपर्ने प्रावधान अनुरुप पब्लिक युथले यस संस्करण संचालन गर्ने जिम्मा पाएको हो।


कलेज स्तरको क्रिकेट प्रवर्द्धन तथा खेलभावना विकास गर्ने उद्देश्य सहित प्रतियोगिताको आयोजना गर्न लागेको प्रतियोगिताको प्रवन्ध निर्देशक सुनिल थापाले जानकारी गराए – “लामो समय देखि आयोजना हुँदै आएको बिबिए कप पुनः यो वर्ष निरन्तरता पाउदैछ। प्रतियोगिताको उद्देश्य युवाहरुलाई मंच प्रदान गरि उनीहरुको सामुहिक भावना, सम्बन्ध र खेलभावना विकास गर्दै नेत्रित्वक्षमता अभिवृद्धि गर्नु हो।”

पव्लिक युथ क्याम्पसका प्रमुख वलराम थापाले यस अघिका संस्करणहरु जस्तै यसपटक पनि त्रिभुवन विश्वविद्यालयले प्रतियोगितालाई साथ दिने विश्वास व्यक्त गर्दै कलेजहरुलाई प्रतिष्ठित प्रतियोगितामा भाग लिन आग्रह समेत गरेका छन्।

बिगत एक दशक देखि नियमित आयोजना हुँदै आएको प्रतियोगितालाई यस पटक ‘म्यान क्यान डु’ प्रालिले व्यवस्थापन गर्नेछ।

प्रतियोगिताको विजेताले ८५ हजार रुपैयाँ तथा उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन्। यस्तै बिभिन्न विधामा उत्कृस्ट चुनिने खेलाडीहरु तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ।





थप समाचार

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]

कास्की र नवलपुरको विजयी सुरुआत

काठमाडौँ। गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन्। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा […]