मिथिला कप : बसिरको अलराउण्ड प्रदर्शन मद्दतले बजाज युथ फाइनलमा 

राष्ट्रिय क्रिकेट बसिर एहमदको अलराउण्ड प्रदर्शन मद्दतले बजाज युथ एकेडेमी सप्तरी मिथिला कप टि-ट्वान्टी प्रतियोगिताको फाइनल पुगेको छ।

मंगलबार राजविराज बिस्नुपुर स्थित महेन्द्र विन्देश्वरी मल्टिपल कलेज टियु मैदानमा सम्पन्न सेमीफाइनलमा बजाज युथले एसके स्पोर्ट्स सप्तरीलाई ३४ रनले पराजित गर्यो।

बजाज युथले दिएको १६० रनको लक्ष्य पछ्याएको एसके स्पोर्ट्सले पुरै २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षेतीमा १२५ रन मात्र बनायो।

एसके स्पोर्ट्सका अमर सिंह रौटेलाले ४७ तथा रासिद खानले ४३ रन बनाएता पनि जित दिलाउन सकेनन्। ३९ रनमा ४ विकेट गुमाएको अवस्थामा रौटेला र खानले ८२ रनको साझेदारी गर्दै इनिंग्स उकासेका थिए। अठारौं ओभरमा रासिदलाई बसिर एहमदले क्याच आउट गर्दै साझेदारी तोडे। लगत्तै ओभरमा रौटेलालाई मोहम्मद हुसेनले क्याच आउट पारे।

बजाज युथको बलिंगमा देब्रे हाते पेसर मोहम्मद हुसेनले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ११ रन खर्चिए। बसिर एहमदले २ तथा बिपिन खत्री र मिकु मण्डलले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको बजाज युथले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १५९ रन बनायो। उसको लागि बसिर एहमदले सर्वाधिक ५० रन योगदान दिए जुन क्रममा उनले ३६ बलमा ७ चौका प्रहार गरे। बिशाल यादव र सिद्धान्त लोहनीले समान २४ रन, बिपिन खत्रीले १८ तथा पपु यादवले १५ रन बनाए।

एसके स्पोर्ट्सका बलर रसिद खान, अमर सिंह रौटेला र सुमित महर्जनले २/२ तथा सुनिल धमलाले १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच राष्ट्रिय क्रिकेटर समेत रहेका बसिर एहमद घोषित भए।

मंगलबारनै सम्पन्न प्रतियोगिताको चौंथो क्वार्टरफाइनलमा एमसीटि मकवानपुरले एससीसी सिरहालाई ५ विकेटले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गर्यो।

पहिले ब्याटिंग गर्दै एसीसीसी सिराहाले दिएको १३३ रनको लक्ष्य एमसीटि मकवानपुरले ५ विकेट क्षेतीमा १०.४ ओभरमै भेटायो। मकवानपुरका सुभ कंसाकारले अविजित ७५ रन बनाए जुन क्रममा ३१ बलमा ६ चौका र ६ छक्का प्रहार गरे। प्लेयर अफ द म्याच कंसाकारले बलिंगतर्फ पनि ३ विकेट लिएका थिए।

बुधबार हुने दोश्रो सेमीफाइनलमा एमसीटि मकवानपुरले केसीसी बाराको सामना गर्नेछ।

युवा शक्ति क्लबद्वारा आयोजित नक-आउट प्रतियोगितामा १६ टोलि सहभागी छन्। प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ।





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]