खडक वारियर्सको रोमान्चक जितमा कप्तान बिबेकको आक्रामक इनिंग

  • विकेटनेपाल, असार २९ गते 

राजविराजमा जारि मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत दोश्रो दिनको खेलमा बजाज खडक वारियर्सले जित हात पारेको छ। पहिलो जित हात पार्ने क्रममा उसले बोदे बर्साइन थन्डर्सलाई २ विकेटले पराजित गर्यो। स्कोरकार्ड ,अंकतालिका

पब्लिक विन्देश्वरी मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको बोदे बर्साइन थन्डर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनाएको थियो। उसको लागि अमित दासले २३ तथा बिक्रम भुसालले अविजित २२ रन योगदान दिए। बजाज खडकका बलर गोमनन्द अमात्य, पुस्प थापा र हशिम अन्सारीले समान २ विकेट हात पारे।

१०२ रनको लक्ष्य पछ्याउने क्रममा बजाज खडक वारियर्सले  १९.३ ओभरमा ८ विकेट गुमायो। वारियर्सको जित सहज भने हुन सकेन। १७ ओभरमा ९९ रनमा ६ विकेट गुमाएको अवस्थामा जितबाट मात्र ३ रन टाढा रहंदा श्रवन यादबले १८ औं ओभरमा २ रन मात्रै खर्चेर २ विकेट लिए पछि खेल रोमान्चक मोडमा पुगेको थियो।

अन्तिम २ ओभरमा जितको लागि १ रन मात्रै बाँकी रहंदा १९ औं ओभरमा सन्दिप ढुंगानाले कुनै पनि रन नदिए पछि खडक वारियर्स दबाबमा परेको थियो। अन्तिम ओभरमा बलिङ्ग गर्न आएका रोहित सिंहले पहिलो २ बलमा रन नदिँदा खेल रोमान्चक स्थितिमा थियो तर उपेन्द्र रोयले वरियर्सको जितको पर्खाइ लम्ब्याएनन्। तेश्रो बलमा कभर ड्राइभ गरेर १ रन लिंदै उनले टिमलाई रोमान्चक जित दिलाए।

बजाज खडक वारियर्सको लागि म्यान अफ द म्याच समेत चुनिएका बिबेक यादबले सर्वाधिक ४२ रन बनाए। यसक्रममा उनले मात्र २६ बलमा ३ छक्का र ३ चौका प्रहार गरे। यस्तै हरिशंकर शाहले १४ तथा राईले ११ रन बनाए।

खेलको म्यान अफ द म्याच चुनिएका बिबेक यादबले रु. १ हजार ५०० प्राप्त गरे जसलाई राजविराज नगरपालिकाका सामाजिक साखा प्रमुख कल्पना देबले पुरस्कार प्रदान गर्नु भयो। प्रतियोगिताको बिहिबार सम्पन्न पहिलो खेलमा बोदे बर्साइन थन्डर्सले तिलाठी कोइलाडी महिन्द्रा हिरोजलाई ४ रनले पराजित गरेको थियो।

( फोटो – राजन अधिकारी )





थप समाचार

क्यानडा सिरिजका लागि नेपाली टोलीको घोषणा

क्यानडामा हुने त्रिकोणत्मक ओडिआई सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । सेप्टेम्बर १६ देखि सुरु हुने त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय […]

मलेसियाले नेपालसँग विश्वकप छनोट खेल्ने

काठमाडौं । मलेसिया टि ट्वान्टी विश्वकप २०२६ को एसियाली तथा पुर्वी एसियाली क्षेत्रीय छनोटका लागि छानिएको छ । सोमवार मंगोलियालाई […]

सप्तरी क्रिकेट संघको पाँचौ बार्षिक साधारण सभा सम्पन्न

३ भाद्र राजबिराज । सप्तरी क्रिकेट संघको ५ औं बार्षिक साधारण सभा आईतवार बार्षिक प्रगति प्रतिवदेन तथा बार्षिक कार्यक्रम बजेट […]

क्लाउड फ्याक्ट्रीलाई लगातार दोश्रो सिजन केएफसी टि-टेन कर्पोरेट क्रिकेटको उपाधि

केएफसी टि-टेन कर्पोरेट दोश्रो सिजनको उपाधि क्लाउड फ्याक्ट्रीले जितेको छ। गत सिजन पनि क्लाउड फ्याक्ट्रीनै विजेता बन्न सफल भएको थियो। […]

ब्लाष्टरलाई जिपीएलको उपाधी

स्थानिय स्तरमा ग्रासरुट क्रिकेटको बिकास गर्ने लक्ष्यसहित आइपिएल संरचना जस्तै फ्रेन्चाइज लिग संचालन भइरहेको गल्याङ प्रिमियर लिग को प्रथम संस्करणको […]

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]