सप्तरी प्रिमियर लिग : बजाज खडक वारियर्स र रुपनी राईडर्स फाइनलमा

विवेक यादव कप्तानीको बजाज खडक वारियर्स र कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्स सप्तरीमा जारि तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेका छन्।

शुक्रबार प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले मेहबुब आलम कप्तानीको टिभीएस किंग्स राजविराजलाई २७ रनले पराजित गर्दै बजाज खडक वारियर्स अंकतालिकाको शिर्षस्थानमा रहँदै फाइनल पुग्न सफल भएको हो। अंकतालिकामा दोश्रो स्थानमा रहँदै रुपनी राईडर्स फाइनल प्रवेश गर्यो। वारियर्स र राईडर्स दुवैले लिग चरणमा ४ खेल खेल्दा समान ३ जित र १ हार बेहोरे। शनिवार दुई टिम बीच उपाधिको लागि प्रतिस्पर्धा हुनेछ।

राज रंगशालामा सम्पन्न खेलमा बजाज खडक वारियर्सले दिएको १८२ रनको लक्ष्य पछ्याउने क्रममा टिभीएस किंग्स राजविराजले पुरै २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट क्षेतीमा १५४ रन मात्र बनाउन सक्यो।

टिभीएस किंग्सको लागि रोबिन सिंहले अर्धशतकीय योगदान दिने क्रममा २२ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै अविजित ५१ रन बनाए। सुरज कुर्मीले ३६ रन, प्रशान्त सिंहले २४ रन तथा सोनु अन्सारीले १६ रन योगदान दिए।

बजाज खडक वारियर्सको बलिंगमा गोमानंद अमात्य, भुलावन सहानी र अनिल खरेलले समान २ विकेट लिए भने पप्पु यादवले १ विकेट लिए।

अनिल शाहले अर्धशतक बनाए

यस अघि टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ४ विकेट क्षेतीमा १८१ रन बनाएको थियो।

वारियर्सको लागि ओपनर अनिल शाहले सर्वाधिक ७० रन योगदान दिए जुन क्रममा उनले ४९ बलमा ९ चौका र २ छक्का प्रहार गरे। कप्तान विवेक यादवले १४ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ३७ रन बनाए। निरज यादवले ३२ तथा पवन सर्राफले १८ रन योगदान दिए।

टिभीएस किंग्स राजविराजको बलिंगमा रोबिन सिंह, मेहबुब आलम र दिनेश अधिकारीले समान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच अनिल शाह चुनिए। स्कोरकार्ड , अंकतालिका 

धेरैले पढेको 

https://wicketnepal.com/sandeep-to-play-england-vitality-blast-wn21/

https://wicketnepal.com/cpl-2021-dec-date/

https://wicketnepal.com/spl-siddhant-shatak-rupan-ifinal/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy