सप्तरी प्रिमियर लिग : बजाज खडक वारियर्सको जितमा अनिलको शतक

२०७७ चैत्र ११, बुधबार १२:२२

सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिग टि-२० प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न पहिलो खेलमा विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्सलाई ८९ रनको विशाल अन्तरले पराजित गरेको छ।

राज रंगशालामा सम्पन्न खेलमा बजाज खडक वारियर्सले दिइएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा रुपनी राईडर्सले १७ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०५ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा रुपनीको लागि फिर्दोश अन्सारीले सर्वाधिक ५४ रन बनाए जुन क्रममा ३४ बलमा ८ चौका र २ छक्का प्रहार गरे। सुनिल धमलाले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। माथिल्लो क्रममा ब्याटिंग गरेका लोकेश बम, कप्तान कुशल भुर्तेल र निरज मुखिया खाता नखोली आउट भए।

फिर्दोश अन्सारीले अर्धशतक बनाए

बजाज खडक वारियर्सको बलिंगमा गोमानंद अमात्यले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ३ ओभरमा १५ रन खर्चिए। अनिल खरेल र विवेक यादवले समान २ विकेट तथा भुलावन सहानी र पवन सर्राफले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९४ रन बनाएको थियो।

वारियर्सको लागि राष्ट्रिय क्रिकेटर समेत रहेका अनिल शाहले लगातार दोश्रो शतक प्रहार गर्ने क्रममा सर्वाधिक ११३ रन बनाए जुन क्रममा ६४ बलमा १२ चौका र ७ छक्का प्रहार गरे। अनिलले अघिल्लो खेलमा बोदे बर्साईन थन्डर्स बिरुद्ध पनि शतक बनाएका थिए। उनले अर्धशतक ४४ बलमा पुरा गरेपछि अर्को १६ बलमा अर्थात् ६० बलमा शतक पुरा गरेका थिए। शतक पुरा गरेपछि उनलाई फिर्दोश अन्सारीले क्याच आउट गराए।

अनिल शाहले लगातार दोश्रो शतक बनाए

वारियर्सको लागि कप्तान विवेक यादवले पनि आक्रामक ब्याटिंग गर्दै अविजित अर्धशतक बनाए। उनले मत्र २३ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। अनिल र विवेकले तेश्रो विकेटको लागि मात्र ५४ बलमा १३८ रनको साझेदारी गरेका थिए।

रुपनि राईडर्सको बलिंगमा अनिल यादवले २ विकेट ( ४-०-३४-२ ) लिए भने फिर्दोश अन्सारी ( ४-०-५५-१ ) र कुशल भुर्तेल ( ३-०-३७-१ ) ले समान १ विकेट लिए। स्कोरकार्ड, अंकतालिका

प्रतियोगितामा तेश्रो खेल खेल्दा बजाज खडक वारियर्सको यो दोश्रो जित हो। रुपनी राईडर्सले पनि समान ३ खेल खेल्दा २ जित र १ हार बेहोरेको छ।

धेरैले पढेको 

https://wicketnepal.com/ind-vs-eng-1st-odi-wn21-res-323/

https://wicketnepal.com/anil-aakramak-shatak-bajaj-win-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy