मिथिला कपको उपाधि बजाज युथ एकेडेमीलाई, बसिरको अलराउण्ड प्रदर्शन

कलैया क्रिकेट क्लब बारालाई २२ रनले पराजित गर्दै बजाज युथ एकेडेमी सप्तरीले मिथिला कप टि-ट्वान्टी प्रतियोगिताको उपाधि जितेको छ।

बुधबार राजविराज बिस्नुपुर स्थित महेन्द्र विन्देश्वरी मल्टिपल कलेज टियु मैदानमा सम्पन्न फाइनलमा बजाज युथ एकेडेमीले दिएको १४४ रनको लक्ष्य पछ्याउने क्रममा कलैया क्रिकेट क्लबले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १२१ रन मात्र बनाउन सक्यो।

कलैयाको ब्याटिंगमा तृत राज दासले सर्वाधिक २८, पवन सर्राफले २३ , निरज यादवले अविजित १५ तथा रभी साहले १२ रन बनाए।

बजाज युथको बलिंगमा राष्ट्रिय क्रिकेटर समेत रहेका देब्रे हाते स्पिनर बसिर अहमदले सर्वाधिक ३ विकेट लिए। प्लेयर अफ द म्याच समेत घोषित अहमदले ४ ओभरमा २० रन खर्चिए। यस्तै बिपिन खत्रीले २ तथा नितेश यादव, सिद्धान्त लोहनी र मिकु मण्डलले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको बजाज युथले २० ओभरमा ८ विकेट क्षेतीमा १४३ रन बनायो।

बजाज युथको लागि राज वर्माले सर्वाधिक ३९ रन योगदान दिए। यस्तै बसिर अहमदले २३, पप्पु यादवले १८, सिद्धान्त लोहनीले १६ तथा बिपिन खत्रीले १३ रन योगदान दिए।

कलैयाका बलर तृत राज दासले ३ तथा भुलावन सहानी र जितेन्द्र यादवले १/१ विकेट लिए।

उपाधि जितेको बजाज युथ एकेडेमीले १ लाख रुपैयाँ पुरस्कार पायो। उपविजेता कलैयाले ५० हजार रुपैयाँ पायो।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी सिराहा क्रिकेट क्लबका रुपेश सिंह घोषित भए। यस्तै उत्कृस्ट ब्याट्सम्यान एमसीटि मकवानपुरका शुभ कंसाकार, उत्कृस्ट बलर एसके स्पोर्ट्सका रासिद खान तथा उदयमान खेलाडी बजाज युथ एकेडमीका विशाल यादव घोषित भए।

युवा शक्ति क्लबले आयोजना गरेको प्रतियोगितामा कुल १६ टोलि सहभागी थिए। प्रतियोगिता माघ १४ गते सुरु भएको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy