‘बलियो नेपाल’ बन्यो एलपिएलकोे बलियो पार्टनर

आगामी माघ दोश्रो साताबाट आयोजना हुने विद्यालय स्तरीय यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (लपीएल) को छैठौँ संस्करणमा बलियो पार्टनरका रुपमा बलियो नेपाल न्युट्रीसन इनिसियटिभ जोडिएको छ।

सोमबार बलियो नेपाल न्युट्रीसन इनिसियटिभको सानेपा ललितपुरस्थित कार्यालयमा बलियो नेपालका प्रमुख कार्यकारी निर्देशक डा. अतुल उपाध्याय र लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बलियो पार्टनरकोरुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताबाट नेपाली उमेर समूहको क्रिकेटको उत्थानमा थप टेवा पुग्ने बताउँदै अध्यक्ष शाहीले भने -“यस्तो सहयोगले सुदूरमा विद्यालय स्तरका खेलाडीको खेल क्षमता बढ्ने र हौसला थपिने छ।” लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष शाहीले १९ बर्ष मुनिका क्रीकेट खेलाडीको खेल क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको छैटौं संस्करणको निरन्तरता दिइएको बताए।

प्रतियोगितामा यो संस्करणमा देशभरका १० विद्यालय टिमको सहभागिता रहने बताइएको छ। जसमा लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल लम्की कैलाली, स्टेपिङ स्टोन इङ्लिस स्कुल धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली र विद्याभुषण पब्लिक स्कुल मोहनपुर गेटा कैलाली छन्। त्यसैगरी सत्यवती एकेडेमी अत्तरिया कैलाली, होलिल्यान्ड सेकेन्डरी स्कुल अत्तरिया कैलाली, शारदा सरस्वती मावि दोधारा चाँदनी कञ्चनपुर, हिमालयन व्हाईट हाउस वर्ल्ड स्कुल काठमाडौँ र नेक्सस इन्टरनेसनल एकेडेमी काठमाडौँले पनि सहभागिता जनाउने छन्।

थप समाचार

पुलिसको विजयी यात्रा जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी यात्रा जारी राखेको छ। […]

पीएम कप : बागमती र कर्णाली विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कर्णाली प्रदेशले आ–आफ्नो खेलमा जित हासिल […]

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]