हिमालयन ए र बल पार्ककाे जित

काठमाडौं। हिमालयन क्रिकेट एकेडेमी ए र बल पार्क क्रिकेट एकेडेमीले केसिए यु–१४ क्रिकेट प्रतियोगितामा विजयी हासिल गरेको छ।

बूढानिलकण्ठको चुनिखेलस्थित काठमाडौं क्रिकेट एकेडेमीको मैदानमा मंगलबार भएको खेलमा हिमालयनले नेक्सस क्रिकेट एकेडेमी ए लाई १४५ रनले पराजित गरेको हो।

हिमालयनले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेक्ससले १३ ओभरमा सबै विकेट गुमाउँदै ३२ रन मात्रै बनाउन सक्यो। नेक्ससका लक्ष्मण भुर्तेलले ११ र युनिक गौतमले १० रन बनाए। हिमालयनका सौगात धामीले चार र ईशान अलीले दुई विकेट लिए।

त्यसअघि हिमालयनलले केभिन दुलालको उत्कृष्ट ब्याटिङमा १७७ रन बनाएको थियो। केभिनले ८० रन बनाए। यस्तै, जयन्द्र विष्टले ३९ रनको योगदान दिए। केभिन नै म्यान अफ द म्याच भए।

अर्को खेलमा बल पार्कले नेक्सस ए लाई ६ रनले पराजित गर्‍यो। ७८ रनको लक्ष्य पछ्याएको नेक्ससले १९ ओभरमा सबै विकेट गुमाउँदै ७१ रन मात्रै बनाउन सक्यो।

नेक्ससका विधानराज बस्नेतले सर्वाधिक १६ रन बनाए। बाल पार्कका शैलेश आचर्या र सम्भाव्य ढकालले समान दुई विकेट लिए।

त्यसअघि बाल पार्कले १९.४ ओभरमा सबै विकेट गुमाएर ७७ रन बनाएको थियो। बल पार्को जितमा विशाल अयरले सर्वाधिक ४० रन बनाए। खेलको म्यान अफ द म्याच विशाल नै भए।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]