बल टेम्परिंगका कारण स्मिथलाई आईसीसीको निलम्बन

२०७४ चैत्र ११, आईतवार २०:५१

  • विकेटनेपाल – ११ चैत्र, आइतवार

अस्ट्रेलिया र दक्षिण अफ्रीका बीच जारि न्युल्यान्ड्स टेस्टमा बल टेम्परिंग गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले अस्ट्रेलियन कप्तान स्टिभ स्मिथलाई खेल भावना बिपरित काम गरेको भन्दै एउटा टेस्ट खेल्न प्रतिबन्ध लगाएको छ।

यस्तै मैदानमा बल टेम्परिंग गरेको रंगे हात पक्डीएपछि अर्का अस्ट्रेलियन क्रिकेटर तथा ओपनिंग ब्याट्सम्यान क्यामरुन ब्यानक्रफ्टलाई भने आईसीसीले ३ डिमेरिट प्वाइन्ट दिएको छ। त्यति मात्रै नभई स्मिथलाई म्याच फिको शत प्रतिशत जरिवाना लगाएको छ भने ब्यानक्रफ्टलाई म्याच फिको ७५ प्रतिशत जरिवाना लगाएको छ।

आईसीसीको निर्णय आउनु अघिनै जारि टेस्टबाटै कप्तान स्मिथ र उपकप्तान स्मिथले क्रमशः कप्तान र उपकप्तान पदबाट राजीनामा दिईसकेका छन्। अस्ट्रेलियन विकेटकिपर ब्याट्सम्यान टिम पेन टेस्टको बचेको २ दिन कप्तान बन्नेछन्।

यस अघि आज दिउसो अष्ट्रेलिया सरकारले स्टिभ स्मिथलाई कप्तानको पदबाट हटाउन समेत आदेश दिएको थियो। अष्ट्रेलियाका प्रधानमन्त्री मल्कोल्म टर्नबुलले कंगारु क्रिकेट टोलिका बर्तमान कप्तान स्टिभ स्मिथलाई कप्तानीबाट हटाउन आदेश दिएका हुन्।

के भएको थियो ?

दक्षिण अफ्रिका बिरुद्द जारी तेस्रो टेस्टको तेस्रो दिनमा अष्ट्रेलियाका ओपनर ब्याट्सम्यान क्यामरुन ब्यान्क्रफ्ट बल टेम्परिंग गर्दै गर्दा क्यामरामा कैद भएका थिए। पहेंलो रंगको टेप प्रयोग गरेर बललाई क्षति पुर्याएको अवस्थामा ब्यान्क्रफ्ट क्यामरामा कैद भएका थिए। आफ्नो हर्कत स्क्रिनमा कैद भएपछि ब्यान्क्रफ्टले उक्त टेप गोजीभित्र बाट झिकेर ट्राउजरभित्र लुकाएका थिए।

उक्त टेप ब्यान्क्रफ्टले हातमा उल्टो टाँसेका थिए। टेपको टाँसिने भाग उनि पिचमा दलेपछि खस्रो भएको टेपले बलको एउटा भागलाई रगड्थे।त्यसो गर्दा बलको एउटा भाग खश्रो भइ बलले रिभर्स स्विंग प्राप्त गर्न सक्थ्यो।

भिडियो हेर्नुस 

खेलका क्रममा भएको त्यसघटना पछि तेस्रो दिनको खेल पछि पत्रकार सम्मेलनमा कप्तान स्मिथ र ब्यान्क्रफ्टले आफ्नो गल्ति स्वीकार गरेका थिए। पत्रकारहरुको जवाफ दिनेक्रममा स्मिथले टोलिका सबै खेलाडी त्यस घटनाको बारेमा जानकार रहेको र सबै खेलाडीको सहमतिमानै ब्यान्क्रफ्टलाई त्यसो गर्न लगाइएको बताएका थिए। स्मिथको त्यस जवाफ पछी सबैबाट यसको प्रतिक्रिया आउन थालेका बखत अष्ट्रेलिया सरकारले भने स्टिभ स्मिथलाई कप्तानबाट हटाउनु पर्ने आदेश दिएको हो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy